मिति : २०८२ वैशाख ३१, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बोर्डमा विकास आचार्यको सम्भावना

फिल्मीखबर, काठमाण्डौ, 2011/12/18

स्क्रिप्ट  राइटर हुँदै निर्देशकको समेत परिचय बनाएका बिकास आचार्य चलचित्र बिकास बोर्डको अध्यक्षमा चयन हुने सम्भावना देखिएको छ । स्रोत अनुसार हाल माओवादी कोटाबाट अध्यक्ष बनेका गणेश भण्डारीको नेतृत्वलाई परिवर्तन गर्दै सूचना तथा सञ्चार मन्त्री जेपी गुप्ताले आचार्यलाई अध्यक्षका लागि फाइनल गर्दैछन् । 

 
एक महिना अघि दक्षिण कोरियाको चार दिने भ्रमण सके लगत्तै भण्डारीको नेतृत्व परिवर्तन गर्ने योजना बनाएका मन्त्री गुप्ता आफ्नो पार्टी फोरम गणतान्त्रिक निकट कार्यकर्ता र विगतको पार्टी काँग्रेस कार्यकर्ताको दवावमा बोर्डको अध्यक्ष कसलाई बनाउन भन्ने विषयले अन्योलमा थिए । तर काँग्रेस निकट केही ब्यक्तिबाट आचार्यको नाम सिफारिस भएपछी निर्देशक आचार्य बोर्डको अध्यक्षमा चयन हुने सम्भावना प्रबल देखिएको स्रोत बताउछ । स्रोत भन्छ, 'सम्भवत मन्त्रीले यसै साता बस्ने क्याबिनेटको बैठकबाट बिकास अचार्यलाई  अध्यक्षमा नियूक्त गर्ने छन् ।'

 

मन्त्री गुप्ताले यस अघि गणेश भण्डारीको स्थानमा निर्देशक राजेन्द्र शलभलाई आउन आग्रह गरेका थिए तर शलभले सरकार स्थिर नरहेको अवस्थामा अध्यक्ष पद सम्हाल्ने इच्छा नरहेको प्रतिक्रिया दिएपछी  बोर्डको नयाँ नेतृत्वका विषयमा मन्त्री अलमलमा परेका थिए ।