मिति : २०८२ वैशाख ३१, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ब्ल्याक एन्ड ह्वाईट तस्विरकी नायिका को होलिन् ?

फिल्मीखबर, काठमाण्डौ, 2011/12/17

फिल्मीखबरले केहि साता देखि नेपालका चर्चित सेलिब्रेटीहरूको बच्चा बेलाको तस्विरलाई प्रस्तुत गर्दै आएको छ । क्विजको रूपमा प्रस्तुत गरिएका तस्विरहरू चिन्ने तपाईंहरूको प्रयासलाई हामी धन्यवाद दिन चाहन्छौं ।
 

आगामी दिनमा हामी अझै रोचक ढंगले तस्विरहरू चिन्नुस् भन्ने क्विज राख्ने वाचा गर्दै यस साताको लागी पनि अर्की एक नायिकाको तस्विर लिएर आएका छौं । प्रस्तुत ब्ल्याक एन्ड ह्वाईट तस्विरमा रहेकी नायिका को होलिन् ? यदि तपाईं पाठकहरूले अनुमान गरेको सहि लाग्छ भने तलको कमेन्ट बक्समा गएर आफ्नो अनुमान टाईप गरि सेन्ड गर्नुहोला । सहि उत्तर पठाउने मध्ये गोला प्रथाद्वारा एक जनालाई फिल्मीखबरले आकर्षक गिफ्ट दिनेछ ।
 

गत साता प्रस्तुत गरिएको किस पोजमा फोटो खिच्ने यि नायिका को हुन् ? भन्ने क्विजमा सहभागी मध्ये धेरैले सहि उत्तर 'केकी अधिकारी' भनि पठाउनु भएको छ । हामीलाई प्राप्त सहि उत्तर पठाउने मध्ये पदम पराजुली बिजयी हुनुभएको छ । उहाँलाई फिल्मीखबरको तर्फबाट धेरैधेरै धन्यवाद र सहभागी सम्पूर्णहरूलाई पनि साथ र सहयोगको लागी धन्यवाद !

 

यस अंकको विजेताले एक साता भित्रमा फिल्मीखबरको कार्यालय या इमेलमा सम्पर्क गरी आफ्नो गिफ्ट कलेक्सन गर्न सक्नुहुनेछ । आगामी दिनमा पनि तपाईंहरूको साथ र सहयोगको अपेक्षा गर्दछौं । धन्यवाद !