दुई चलचित्र 'मलाई मन पर्यो' र 'फर्कि आऊ' को प्रोमोशनमा नदेखिएकी नायिका निरूता सिंहलाई निर्देशक रक्षा सिंह राणाले चलचित्र 'द गेम' को प्रोमोशनमा उपस्थित गराउन सफल भएकी छिन् ।
निरूता चलचित्र 'द गेम' को प्रोमोशनका लागि अहिले सवा एघार बजे काठमाण्डू ओर्लदैं छिन् । उनलाई पिकअप गर्न चलचित्रकी निर्माता बुनु बिष्ट र नायक बालनरसिंह राणा त्रिभुवन बिमानस्थल पुगेको द गेमका पब्लिसिटी को-अर्डिनेटर दिनेश सिटौलाले जानकारी गराए । पौष ८ गते सार्वजनिक हुन लागेको सो चलचित्रको पब्लिसिटीका लागि निरूता करिब १५ दिन नेपाल बस्ने बताईएको छ ।
लामो समय देखि चलचित्रबाट टाढा रहेकी निरूतालाई निर्देशक राणाले 'द गेम' मार्फत नै कमव्याक गराएकी हुन् । सायद त्यसैले पनि हुन सक्छ उनी उक्त चलचित्रको पब्लिसिटीमा चासो देखाएको । नेपाल आए लगत्तै पब्लिसिटीमा जुट्ने निरूताको योजना के कस्तो छ सो कुरा केहि समयमा फिल्मीखबरले उनीसँगको भेटवार्ता पछि अपडेट गर्ने नै छ ।
मानिसले स्वार्थको लागि कतिसम्म गेम खेल्न सक्छ भन्ने कथालाई मुख्य जोड दिईएको उक्त चलचित्रमा निरूतालाई ग्ल्यामर नायिकाको साथमा क्सन गर्लको रूपमा पनि हेर्न सकिने छ । सम्पादनमा एक दशकको अनुभव पछी निर्देशक बनेकी रक्षाको चलचित्र 'द गेम' मा निरूताको साथमा सुमन सिंह, झरना थापा र बालनरसिंह राणाको पनि मुख्य भुमिका रहेको छ । यस चलचित्रमा सुमन सिंह पनि फरक भुमिका र गेटअपमा प्रस्तुत भएको बुझिएको छ ।

