Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सञ्चारकर्मीलाई निर्देशन प्रतिको मोह

फिल्मीखबर, काठमाण्डौ, 2011/12/14

पछिल्लो समयमा ठूला पर्दाका कलाकारहरू सानो पर्दा तिर अलि बढि नै आकर्षित हुन थालेका छन् । अझ म्युजिक भिडियोमा त कलाकारहरू छ्याप्छ्याप्ती देखिन थालेका छन् भने सञ्चारकर्मीहरू म्युजिक भिडियो निर्देशक हुँदै ठूलो पर्दाको चलचित्र निर्देशनमा हाम फाल्ने योजनामा छन् ।

 

बिगत १२ बर्ष देखि पत्रकारिता गर्दै आएका सञ्चारकर्मी प्रदिप निरौलाले केहि साता अगाडी एउटा भिडियो निर्देशन गरे । जुन भिडियोमा उनले नायक राजबल्लभ कोईराला, सुनिलदत्त पाण्डे र नवनायिका रीमा बिश्वकर्मालाई अभिनय गराए ।  कान्तिपुर टेलिभिजन तथा रेडियोसिटीमा रंगपत्रकारिता गर्दै आएका निरौलाले १२ बर्ष अघिका संगीतकार सुनिल मास्केको एल्बम 'सुनिभा' मा रहेको सँगै जीउने वाचा गरी बोलको गीतमा राज, सुनिल र रीमालाई त्रिकोणात्मक प्रेम शैलीमा प्रस्तुत गराए ।

 

पहिलो पटक भिडियो निर्देशन गरेका निरौलाले भिडियोको अनुभवसँगै ठूलो पर्दाको चलचित्र निर्देशन गर्न सक्ने संकेत पनि देखाएका छन् । अहिले शुरूवात मात्र भएकाले पछिका दिनमा आफ्नो कलालाई दर्शकले रूचाएमा निर्देशन बन्न सक्ने उनको धारणा छ । उनले निर्देशन गरेको भिडियो टेलिभिजनमा अनयर भईसकेको छ ।

 

यस्तै लामो समय देखि रंगपत्रकारिता गर्दै आएका सुब्रत आचार्यले पनि केहि साता अगाडी मात्र दुई नवनायिका रिया श्रेष्ठ र शशि खड्कालाई लिएर 'कलियुगको कृष्ण' नामको म्युजिक भिडियो तयार पारे । केहि चलचित्रमा सहायक निर्देशक बनिसकेका सुब्रत केहि बर्षमा ठूलो पर्दाको निर्देशक बन्ने सोचमा छन् । यसअघि पनि थुप्रै भिडियो निर्देशन गरिसकेका सुब्रत अभिनयमा पनि देखि सकेका छन् ।

 

त्यस्तै रंगपत्रकारिताको राम्रो अनुभाव बटुलिसेकेका  समन अधिकारीलेपनि चाडैनै  चलचित्रको  निर्देशक बन्न लागेको कुरा सार्वजनिक गरिसकेका छन् । थुप्रै म्युजिक भिडियोको निर्देशकको साथमा चलचित्रमा करियोग्राफरको परिचय बनाईसकेका अधिकारीले निर्देशन गर्ने चलचित्रको नाम भने खुलाईएको छैन । चलचित्रको बिधामा इनसाईक्लोपिडियाको नामले समेत परिचित कान्तिपुर दैनिकमा कार्यरत सञ्चारकर्मी तथा समिक्षक यज्ञश, हाल नागरिक दैनिकमा कार्यरत दिपेन्द्र लामा पनि निर्देशक बन्ने तयारी छन् । तर उनीहरूले औपचारिक घोषणा भने गरिसकेका छैनन् ।

 

यस्तै सञ्चारकर्मी सुरजचन्द ठकुरी पनि म्युजिक भिडियो निर्देशक हुन् । उनले पनि चलचित्र निर्देशन गर्न सक्ने संकेत केहि महिना अगाडी देखाई सकेका थिए । म्युजिक भिडियो हुँदै ठूलो पर्दाको निर्देशक बनेका भुषण दाहाल पनि सञ्चारकर्मी हुन् भने आलोक नेम्वाङ, प्रशन्न पौडेल पनि सञ्चारकर्मी नै थिए । यस्तै सुरेश दर्पण पोखरेल, सुमन दाहाल, दिनेश डिसी पनि सञ्चारकर्मी हुँदै निर्देशकको परिचय बनाएका हुन् ।