मिति : २०८२ वैशाख २९, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

यसरी छानिए राजबल्लभ

फिल्मीखबर, काठमाण्डौ, 2011/12/14

अमेरिकन निर्देशक रिक एमसी फरल्याण्डको चलचित्र 'हाईवे टू धम्पुस' मा अनुबन्धित भएका राजबल्लभ कोइराला सिफारिस गरिएका पाँच  मध्ये उत्कृष्ट भई सो फिल्ममा अनुबन्धीत भएको रहस्य खुलेको छ ।  

चलचित्रमा प्रोडक्सन डिजाईनरको जिम्मा पाएका गणेश सापकोटाका अनुसार निर्देशक रिकलाई उनले आर्यन सिग्देल, निरज बराल, विनय श्रेष्ठ र राजबल्लभ हिरोका लागि सिफारिस गरेका थिए । ईमेज च्यानलमा कार्यरत निर्मल ज्ञावालीको नाम पनि सिफारिस गरिएको बुझ्नमा आएको छ ।  निर्देशकले यिनै पाँच हिरोहरूलाई स्काइप मार्फत अडिसन लिएको र त्यसमध्ये बल्लभ उत्कृष्ट ठहरिदै चलचित्रमा अनुबन्धीत भएको सापकोटाले जानकारी दिए ।

यस्तै सापकोटाका अनुसार मोसन पिक्चरको अनुमति पाएको उक्त चलचित्रमा नेपाली नायिका पनि राख्ने तयारी भैरहेको छ । उनको नजरमा माल्भिका सुब्बा पहिलो आकर्षणमा परेकी छिन् । युनिट नेपाल आएपछि केहि नायिकाहरूको नाम सिफारिस गर्ने र युनिटले लाईभ अडिसन लिएर छनोट गर्ने सापकोटाले बताए । यूनिट केही साता पछी सुटिङका लागि नेपाल आउने छ र त्यही समय कुन नायिकालाई उक्त फिल्ममा अनुबन्धीत गर्ने भन्ने टुङ्गो लाग्ने छ ।

 

स्काईप अडिसनबाट हलिउड फिल्ममा छानिएका राजबल्लभले नेपाली सिनेमामा पाउने गरेको पारिश्रमिक भन्दा पाँच गुणा बढीमा एग्रीमेन्ट गरेको बताईएको छ । चलचित्रको सुटिङ पोखराको रमणिय पर्यटकिय गाउँ धम्पुस देखि अमेरिकासम्म गरिने प्रोडक्सन डिजाईनर सापकोटाले बताए । चलचित्रमा अन्य केहि नेपाली कलाकारको साथमा हलिउड कलाकार पनि देखिने छन् ।