मिति : २०८२ वैशाख २९, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सन्यास घोषणा गरेकी नायिकाले बिहे गरिन्

फिल्मीखबर, काठमाण्डौ, 2011/12/13

एक महिना अघि फिल्मीखबर मार्फत अभिनयबाट सदाका लागि सन्यास घोषणा गरेकी नायिका अनुष्का ढकाल विवाह बन्धनमा बाधिएकी छिन् । 

 
 
धरानकी रैथानै अनुष्काले बुटवल स्थायी घर भएका र पछिल्लो समय अमेरिका बस्दै आएका युवकसंग गत मंसिर २२ गते  पारिवारिक सहमतिमा लगनगाठो  कसेको बुझिएको छ । मिडियाको सम्पर्क भन्दा बाहिर रहेकी अनुष्काले इन्गेजमेन्ट र विहेका तस्बिरहरू फेसवुकमा सार्बजनिक  गरेकी छिन् । तर उनका पति को हुन्,  के गर्छन् भन्ने बारे खुलाईएको छैन ।  
 
 
करिब तीन दर्जन  म्यूजिक भिडियो खेले पश्चात तीन वटा चलचित्र समेत खेलेकी अनुष्काको तीनै चलचित्र प्रदर्शनको तयारी छ । उनलाई दीपक श्रेष्ठले  चलचित्र मजबुरबाट हिरोइनमा डेब्यू गराएका थिए । तर जति काम गर्दापनि मिहिनेत अनुसारको दाम नपाएको प्रति असन्तुष्टी जनाउदै उनले बाकी समय पढाईमा विताउने भन्दै अकस्मात सन्यास घोषणा गरेकी थिईन्
 
सन्यासको पछाडी केही  कारण रहेको भन्ने फिल्मी माहोलमा विभिन्न अनुमान चलिरहेका बेला उनी दुहली भएको खबर सार्बजनिक भएपश्चात   उनको सन्यासको प्रमुख कारण बिबाह नै  रहेको अनुमान लगाउन सकिन्छ । खैर अनुमान जेसकै होस विवाह बन्धनमा बाधिएकी अनुष्कालाई दाम्पत्य जिवनको शुभकामना !