
चार बर्षदेखि नेपाली सिनेमामा अभिनयरत नायक राजबल्लभ कोईराला हलिउड फिल्ममा अनुबन्धित भएका छन् ।
अमेरिकन निर्देशक रिक एमसी. फरल्याण्डको चलचित्र 'हाईवे टू धम्पुस' मा उनले हिजो साइन गरेका हुन् । साईन पश्चात फिल्मीखबरसंगको कुराकानीमा उनले भने, 'खुशी लागिरहेको छ उहाँहरूले पठाएको लेटर अनुरूप हिजो मैले कन्ट्रयाक्ट पेपरमा साईन गरें ।' फिप्टी फिल्मस प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको उक्त चलचित्रको अधिकांश छायाँकन नेपालमा हुने छ भने बाकी लसएन्जलसमा हुने राजबल्लभले जानकारी गराए ।
बल्लभका अनुसार उक्त चलचित्रमा आफू जस्तै नयाँ पुस्ताका अमेरिकन हिरोईन तथा अन्य कलाकारको साथमा नेपालका केही कलाकारहरूले पनि अभिनय गर्दैछन् । चलचित्रको छायाकंन माघको दोस्रो साता देखि सुरू हुने उनले जानकारी गराए । जसका लागि क्रुमेम्बर र कलाकार सहित हलिउड टोली छिट्टै नै नेपाल आउदैछ ।