मिति : २०८२ वैशाख २९, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निर्माता विरूद्ध झरनाको उजुरी

फिल्मीखबर, काठमाण्डौ, 2011/12/12

रिलिज हुन लागेको चलचित्र 'माई लाईफ' का प्रोड्यूसर सुरज आरडीले एग्रीमेन्ट अनुसार बाकी रमक नदिएको भन्दै नायिका झरना थापाले उनी  बिरूद्ध चलचित्र निर्माता संघमा उजुरी हालेकी छिन् । 

 

झरनाले पैसाको लागि धेरै पटक निर्माता आरडीलाई फोन गरेको तर उनले पैसा दिन्छु भनेर झुलाई रहेकाले अन्तिम उपाय स्वरूप न्याय पाउँ भन्दै उजुरी दिएको बताईन् । चलचित्रमा एक लाख पचास हजारमा अग्रिमेन्ट भएको र पचास हजार लिन बाँकि रहेको भन्दै झरनाले भनिन्, 'मलाई पैसा दिन पर्छ भनेर उहाँले मेरो डबिङ पनि अर्कैलाई गराउनु भएछ ।' झरनाका अनुसार उनको डबिङ पूर्व नायिका तथा हाल सञ्चारकर्मीको रूपमा काम गर्दै आएकी कृती भट्टराईले गरेकी छिन् ।

 

झरना मात्र हैन सो चलचित्रका थुप्रै प्राबिधिकले पारिश्रमिक नपाएको बुझिएको छ । चलचित्रका क्यामेरा पर्सन हरि हुमागाईंले पनि आफूले ४० हजारको हाराहारीमा पारिश्रमिक पाउन बाँकि रहेको बताएका छन् । उनले गत बर्ष रिलिज भएको सुरजकै चलचित्र 'भूल भए माफ गर' बाट पनि करिब ३२ हजार पारिश्रमिक नपाएको दुखेको व्यक्त गरे । चलचित्र रिलिज हुन लागिसक्दा पनि पारिश्रमिक नपाएपछि हरीले पनि सो पारिश्रमिक दिलाई पाउँ भन्दै प्राबिधिक संघमा निर्माता विरूद्ध उजुरी दिने भएका छन् ।

 

करिब एक बर्ष अगाडी छायाँकन भएको सो चलचित्रमा मेकअपको जिम्वेवारी पाएकी बिपना बस्नेतले पनि आफूले आठ हजार पाँच सय पारिश्रमिक पाउन बाँकि रहेको बताएकी छिन् । उनले पनि निर्माता विरूद्ध उजुरी दिने बताईन् ।

 

निर्माताबाट ठगिएकी नायिका थापाले आफ्नो पारिश्रमिकको साथमा सो चलचित्रको डबिङ आफूले नै गर्न पाउनु पर्ने बताएकी छिन् । आफूलाई एक वचन पनि नसोधी आफ्नो अभिनयमा अर्कैलाई डबिङ गराएको थाहा पाएपछि निकै क्रोधित बनेकी झरनाले पारिश्रमिक र डबिङ गर्न नपाएसम्म चलचित्र रिलिज गर्न नदिने समेत बताईन् । सोमबार साँझ ४ बजे तिर एक प्राबिधिकको हातमा निर्माता संघमा उजुरी पठाएपछि फिल्मीखबरसँग कुरा गर्दै झरनाले भनिन्, 'मेरो अभिनयमा डबिङ गर्न पाउनु मेरो अधिकार हो ।'

 

यता निर्माता संघका अध्यक्ष राजकुमार राईले झरना कलाकार भएकाले उजुरी कलाकार संघमा दिनुपर्ने बताए । अन्यायमा परेकालाई न्याय दिनु संघको कर्तव्य भएपनि कलाकारलाई न्याय दिने कलाकार संघ नै भएको उनको तर्क छ । उजुरी दिन झरना आफैं उपस्थित हुनुपर्ने बताउँदै अध्यक्ष राईले उजुरी दर्ता हुन नसकेको बताए । पारिश्रमिकको बिषयमा जानकारी लिन निर्माता सुरजलाई सम्पर्क गर्दा उनी सम्पर्कमा आउन सकेका छैनन् । उनलाई सम्पर्क गर्ने प्रयास जारी रहने छ भने उजुरीको प्रक्रिया कहाँ सम्म पुग्ने हो त्यसलाई पनि फिल्मीखबरले फलो गर्दै जानेछ ।