
द गेमको अडियो लन्च समारोहमा बोल्दै गर्दा केही समय थप माग्दै संगीतकार आलोकश्रीले मुम्बईमा भएको एउटा घटना सम्झीए ।
एक बर्ष अघि द गेम र फर्कि आउको गीत रेकर्डिङका लागि मुम्बई गएका उनी ती गित गाउन आग्रहका लागि गायक उदित नारायण झाको घर जादै थिए । अटोमा जादै गर्दा अत्याधिक वर्षा भएपछी ट्राफिक जामले गर्दा उनी हिडेर उदितको घर जाने निर्णय गरे । जस अनुरूप मुसलधारे बर्षामा उनी करिब दश मिनेटको हिंडाईमा रूझ्दै उदितको घर पुगे । तर घरमा निथरुक्क भिजेर आएका संगीतकार आलोकलाई आफ्नै आँखाले देख्दा पनि उदितले उनलाई नमस्ते बाहेक वास्ता गरेनन् ।
त्यसपछी केही मिनेट पश्चात उदितले आलोश्रीलाई भने, 'तपाई त्यहाँ बाथरूममा गएर लुगा निचर्नुस् नभए चिसो लाग्ने छ ।' आलोकले पनि उदितले भनेको माने र बाथरूबाट बाहिरिए तर त्यसपश्चात पनि उनलाई उदितले वास्ता गरेनन् । बरू निचोरेको लुगा लगाएका आलोकले थकित मुद्रामा सोफामा बस्ने निर्णय गरे तर उदितले उनलाई छालाको सोफाको कभर चिसोले बिग्रने भन्दै त्यहाँ बस्न दिएनन् । त्यसपश्चात बाकी चिसो सुकाउन आलोकलाई उदितले पंखाको हावा प्रयोग गर्न आग्रह गरे त्यो कुरा पनि उनले माने । तर मुसलधारे बर्षामा रूझेर आएको आफुलाई फेर्ने लुगा दिनुको साटो अपमान गरेपछि आलोक केही बेर स्तब्ध पनि भए ।

एकछिन पछि उनको चिसो लुगा पनि सुक्यो र उदितले उनलाई भने, ' म तपाईलाई आफ्नो लुगा फेर्न दिन सक्थे किन कि मेरो हजारौ लुगा छन् तर आफ्नो लुगा दिदा मेरो लक्षिन सर्छ भनेर मैले जानी जानी नदिएको हूँ माईन्ड नगर्नु होला ।' उदितले त्यति भनेपछी आलोकको मनमा बल्ल खुशीको भाव देखियो । 'त्यही पलमा उहाँलाई मैले विभिन्न गीत गाउन आग्रह गरे जसअनुरूप हामी उहाँको घरबाट बाहिरियौ', आलोकले सम्झदैं भने, 'अचम्मको कुरा त के छ भने उदित नारायणले जिवनकालमै पहिलो पटक पाँच घण्टामा ९ वटा गीत रेकर्ड गरिदिनु भयो जुन उहाँको लाईफमै पहिलो पटक भएको हो ।' एकै समयमा नौ गीत आरामले रेकर्ड गरिदिंदा आलोक निकै खुसी भए र स्मरण गर्द भने, 'यस्तो मौका पाए पछि शुरूमा पानिमा भिजेको पिडालाई मैले बिर्सें ।
यो खबर आईतबार हिरारत्न हलमामा आयोजित द गेमको अडियो विमोचन समारोहमा आलोकश्रीले ब्यक्त गरेका भनाईलाई आधार मान्दै तयार गरिएको हो । लक्षिन जान्छ भन्दै रूझेर आएका आलोकश्रीलाई उदितले आफ्ना लुगा फेर्न नदिएको प्रसङ्गलाई तपाई कसरी हेर्नुहुन्छ ? बिचार ब्यक्त गर्नुहोला !