
स्वदेश तथा विदेशमा बसोबास गरिरहेका युवा पुस्ताका नेपालीहरूले कसरी आफ्नै संस्कृति बिर्सिरहेका छन् भन्ने विषयमा आधारित रहेर निर्माण गरिएको डिजिटल चलचित्र 'नयाँ पिंढी' कतारमा प्रदर्शन हुँदैछ ।
चलचित्र युवा पुस्ताको उन्मुकता र खुला यौन चाहना देखि आधुनिक प्रविधि र इन्टरनेटलाई सहि सदुपयोग नगर्दा निम्तिने असहज परिस्थिति र शहर अनि बिदेशमा बस्ने युवाहरुले आफनो कला संस्कृति बिर्सिएको तथ्यलाई पर्दा मार्फत प्रस्ट्याउने खोजिएको भनिएको सो चलचित्र आउदो डिसेम्वर २३ तारिख दोहा सिनेमा हल कतारमा प्रदर्शन गर्न लागिएको निर्देशक भबिन्द्र तामाङले जानकारी दिए ।
रसुवाको धुन्चे स्थित तामाङ कला संस्कृति र भौगलिक क्षेत्र लगाएत अन्य नेपालको बिभिन्न रमणिय स्थलमा छायांकन गरिएको यस चलचित्रमा अनु शाह, ममता प्रधान, विक्रम तामाङ, श्रीदेव भट्टराई, केशव सापकोटा, देवकी लामा आदि कलाकारले अभिनय गरेका छन् । अर्जुन नेपाली तथा सरोज प्याकुरेलको संगीत रहेको सो चलचित्रलाई छिरिङ लामा र पासाङ लोप्चनले निर्माण गरेका हुन् भने पटकथा तथा संवाद सरोज प्याकुरेलले लेखेका हुन् ।