
क्रिसमस र नयाँ बर्ष २०१२ को अबसरमा यूरोपका विभिन्न मुलुकमा हुने साँस्कृतिक कार्यक्रममा भाग लिन बेल्जियम प्रस्थान गर्न लागेकी गायिका अञ्जु पन्त, संगीतकार लक्ष्मण शेष र विष्णु सापकोटा (हर्के हल्दार ) लाई नेपाल स्थित जर्मन दुतावासले भिसा दिन अस्विकार गरेको छ ।
साँस्कृतिक कार्यक्रमको बहानामा विगतमा केही कलाकारहरू विदेशमै पलायन भएको घटना दोहोरिने सम्भावना देखाउदै दुतावासले उनीहरूलाई भिसा दिन अस्विकार गरेको हो । थुप्रै पटक विदेशको कार्यक्रममा सहभागी भैसके पनि दुतावासले भिसा नदिएपछी उनीहरू निराश बनेका छन् ।
शनिबार फिल्मीखबरसंग कुरा गर्दै संगीतकार लक्ष्मण शेषले दुःखी मुद्रामा भने, '२२ बर्षे करिअरमा पहिलो पटक यति ठूलो कार्यक्रममा सहभागी हुने मौका पाएको थिएँ जुन अवसर भबिष्यमा समेत पाउँदिन होला तर सवै सपना चकनाचुर भयो ।' .jpg)
.jpg)
यस्तै उनले आफूलाई पब्लिकले ज्यादा नचिने पनि चर्चित गायिका अञ्जु र हर्के हल्दारलाई समेत दुतावासले भिसा नदिनु समग्र नेपाली सेलीब्रेटीको अपमान भएको बताए । उनले भने, 'अञ्जु जी धेरै पटक विदेशको कार्यक्रममा सहभागी भैसक्नु भयो त्यसैले उहाँलाई समेत भिसामा रोक लगाउनु दुःखको कुरा हो ।'
हिजो एउटाले गल्ती गरेका कारण अन्य चर्चित सेलीब्रेटीहरूले समेत आउँदा दिनमा विदेशका कार्यक्रमलाई आफूहरूले जसरी मिस गर्नु पर्ने स्थिति आउन सक्ने लक्ष्मणको भनाई थियो । यस्तै उनले कुनै समय केही कलाकारहरूले गरेको गल्तीको सजायआफूहरूले भोग्नु परेको भन्दै हिजो गल्ती गर्नेहरूसंग तुलना गर्दै दुतावासले सबै कलाकारलाई एउटै रूपले हेर्दा चित्त दुखेको बताए ।
अञ्जुको नेतृत्वमा नेपालबाट जान लागेको तीन जनाको टोलीले यूरोपका जर्मनी, फिनल्याण्ड, स्वीटजरल्याण्ड, बेल्जियम लगायतका विभिन्न मुलुकमा आयोजना हुने बृहत साँस्कृतिक कार्यक्रममा सहभागीता जनाउने तालिका तयार भैसकेको थियो ।
कार्यक्रमका लागि आयोजक चितवन साहायता कोष बेल्जियमले पौष पांच गतेको लागि उनीहरूको इन्स्योरेन्स सहित प्लेन टिकट पनि कर्न्र्फम गरिदिएको थियो । तर आयोजक र कलाकारहरूले सम्पूर्ण बायोग्राफी देखाउदा पनि दुतावासले नदिएपछी उनीहरूको यूरोप भ्रमणका सवै कार्यक्रम स्थगित भएको छ ।