
अर्न्तराष्ट्रिय लगानी भित्राउन नेपाल सरकारले गरेका विभिन्न कसरतलाई पच्छ्याउदै निर्देशक शंकर घिमिरेले नेपाली सिनेमामा हङकङ र चाईनामा रहेका गैर आवासीय नेपालीहरूको लगानी भित्र्याउने प्रयासलाई तिब्रता दिएका छन् ।
नेपाली सिनेमामा एनआरएन लगानी भित्र्याउने प्रयासका लागि बुधबार हङकङ प्रस्थान गरेका घिमिरेले त्यहाँ रहेका कलाप्रेमी एनआरएनहरूसंग दुई पक्ष लगानी प्रस्ताव माथि छलफल गरेको फिल्मीखबरसंगको कुराकानीमा बताए । नेपाली सिनेमामा लगानी गर्न चाईनाका एनआरएन उपाध्यक्ष नविन बिकेले ईच्छा ब्यक्त गरेपछी शंकर शुक्रबार चाईनाको गोन्जाउ पुगेका छन् । शंकरले उपाध्यक्ष बिके सहितको टोलीसंग अनटाईटल प्रोजेक्टमा लगानी गर्ने बिषयमा सहमति भएको जानकारी दिए ।
ऋचा घिमिरेसंगै चाईना पुगेका शंकरले भने, 'सुपर गोर्खे निर्माण सकिए लगत्तै नविन जीको प्रोजेक्ट सुरू गर्छौ ।' नयाँ फिल्म निर्माणका बिषयमा दुई पक्ष सम्झौता भएको छ । चाईनको उक्त प्रोजेक्टका लागि उनले पहिलो चलचित्र 'बिष' मा सानो भूमिका निर्वाह गरेका नवकलाकार सुनिल पोखरेललाई मुख्य भूमिकामा उतार्ने बताए ।
पछिल्लो समय होम प्रोडक्सनबाट चलचित्र ब्रेक फेल निर्माण गरेका घिमिरेले फागुनको पहिलो साता देखि विभिन्न देशका गैरआवसीय नेपालीहरूसंगको संयूक्त लगानीमा बन्न लागेको चलचित्र 'सुपर गोर्खे' निर्देशनको तयारी गरिरहेका छन् । 'सुपर गोर्खे' निर्माण सकिए लगत्तै नयाँ प्रोजेक्टमा पनि एनआरएनको लगानी भित्राउने प्रयास स्वरूप उनीले आफ्नो सक्रियता बढाएका हुन् ।
चाइनाका गैरआवासिय नेपालीहरूसंग लगानीका बिषयमा छलफल गरे पश्चात शंकर र ऋचा पुनः हङकङ प्रस्थान गर्नेछन् र सोमबार काठमाण्डू फर्कने छन् । हङकङमा चलचित्र 'ब्रेक फेल' पनि रिलिज गरिंदै छ ।