
महिला सम्पादक रक्षा सिंह राणाले निर्माण निर्देशन गरेको चलचित्र 'द गेम' को तस्विरहरू एक्स्क्लुसिभ रूपमा फिल्मीखबरले सार्वजनिक गरेको छ ।
पौष महिनाको पहिलो साता रिलिज हुन लागेको सो चलचित्रका गीत तथा प्रोमोहरू यसअघि नै सार्वजनिक गरिएको भए पनि कलाकारको नयाँ गेटअपका केहि तस्विरहरू सार्वजनिक गरिएको हो । सार्वजनिक तस्विरमा नायक सुमन सिंहलाई भिन्न गेटअपमा देख्न सकिन्छ भने नायिका झरना थापाको पनि भुमिका कस्तो छ भन्ने कुरालाई प्रस्तुत तस्विरले प्रस्ट्याउने छ ।
मानिसले स्वार्थको लागि कतिसम्म गेम खेल्न सक्छ भन्ने कथालाई मुख्य जोड दिईएको उक्त चलचित्रमा प्राय साधारण युवतीको भुमिकामा देखिने नायिका निरूता सिंहलाई ग्ल्यामर नायिकाको रूपमा देख्न सकिन्छ । नयाँ लुक्स र भूमिकामा प्रस्तुत भएकी निरूतालाई एक्सन गर्लको रूपमा पनि हेर्न सकिने निर्देशक राणाको भनाई छ ।
नायिका निरूता चलचित्रको पब्लिसिटीका लागि आउँदो बिहिबार काठमाण्डू आउँदै पनि छिन् । आइतवार हुन लागेको अडियो विमोचन कार्यक्रममा सहभागी हुन उनी आउने बताईएको भए पनि कार्यव्यस्तताले गर्दा बिहिबार मात्र उनी नेपाल आउने जानकारी निर्देशक राणाले दिईन् । उनी करिब १५ दिन नेपाल बसेर पुन: भारत नै फर्कने बुझिएको छ ।
सम्पादनमा एक दशकको अनुभव पछी निर्देशक बनेकी रक्षाको चलचित्र 'द गेम' मा बाल नरसिंह राणाले नायकको रूपमा डेब्यू गरेका छन् । राजुबिक्रम थापाको छायाँकन रहेको सो चलचित्रमा एनबी महर्जनको द्वन्द निर्देशन तथा आलोक श्रीको संगीत रहेको छ । चलचित्रमा पाँच वटा गीत छन् ।
चलचित्रका थप तस्विरहरू फिल्मीखबरको ग्ल्यालरीमा हेर्न सकिने छ ।