मिति : २०८२ वैशाख २८, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रागिनीका कारण दश लाख घाटा

फिल्मीखबर, काठमाण्डौ, 2011/12/09

हिरोइन रागिनी खड्गीले चलचित्र मेरो जिवन साथीका लागि  एक लाखमा साइन गरेकी थिइन् तर सुटिङ नसक्दै उनलाई निर्देशक सोभित बस्नेतले तीन दिनका  लागि भन्दै फिर्ता नगरिदिएपछी सुटिङ स्थगित गर्न बाध्य भएको मेरो जीवन साथीको यूनिटलाई  दश लाख घाटा भएको छ । 

 
 
पच्चिस प्रतिशत छायाकंन बाकी रहेका बेला राजेन्द्र खड्गी पुत्री रागिनीले दिएको बचन अनुरूप महेन्द्रनगरबाट उनि काठमाण्डू नफर्कीए पछी मेरो जिवन साथीको यूनिटले लम्बिन जाने सुटिङको समय र प्राविधिकको खर्च डबल पर्ने  भन्दै रागिनीका कारण  दश लाख घाटा ब्यहोर्नु परेको बताएको छ ।
 
रागिनी दुलही रानीको छायाकंनका क्रममा सुदुरपश्चिमका विभिन्न जिल्लामा अभिनय गर्न ब्यस्त छिन्  उनी गत मंसिर ९ गते तीन दिनका लागि भन्दै मेरो जिवन साथीको यूनिटसंग विदा लिएर महेन्द्रनगर गएकी थिईन् तर पन्ध्र दिन वितिसक्दा पनि उनको काठमाण्डू फर्किने अत्तोपत्तो नहुदा मेरो जिवन साथीको यूनिट हिरोइनको मारमा परेको हो । 
 
सुटिङका क्रममा गत शुक्रबार उच्छृङखल युवाहरूको सांघातिक आक्रमणको परेको उक्त यूनिट हिरोइन नहुदा दोहोरो मारमा झेल्नु परेपछी निर्देशक दिवकार भट्टर्राईले भने, 'अब के गर्नु आउछु भन्दै उहाँ आउनु भएन त्यसैले उहाँ नआउनजेल सुटिङ पनि स्थगित गरिएको छ बाकी सुटिङका  लागि  थप खर्च यति नै हुन्छ भन्ने छैन किनकी पच्चिस प्रतिशत सुटिङ  अझै बाकी छ । जसका लागि करिब १५ दिन लाग्छ ।' निर्देशक भट्टर्राईले एक दिनको छायाकंन खर्च न्यूनतम ६० हजार हुने गरेको बताएका छन् ।  
 

यस्तै हाल महेन्द्रनगरमा रहेकी रागिनीले फिल्मीखबरसंग कुरा गर्दै दुई  फिल्मका निर्देशकको चुपवामा आफू परेको बताएकी छिन् । उनले भनिन्, 'म नयाँ कलाकार हुँ त्यसैले दुई वटा फिल्मको सुटिङ जुध्दा चुपुवामा परे र निकै तनाव झेलिरहेको छु । यसपटक जे भयो भैहाल्यो आईन्दा देखि एउटै समयमा दुई वटा फिल्ममा काम गर्ने छैन ।'  रागिनी आज दुलही रानीको छायाकंनको लागि नैनीताल जादैछिन् । उनले आईतबार काठमाण्डू फर्किने जानकारी दिईन् । 
 
तर आईतबार रागिनी काठमाण्डू फर्किए पनि एक सातादेखि छायाकंन स्थगित भएकाले  मेरो जिवन साथीका प्राविधिकहरू पन्ध्र दिनका लागि अर्को चलचित्रमा ब्यस्त भएका छन् ।