मिति : २०८२ वैशाख २८, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रदिप पनि महंगा रे !

फिल्मीखबर, काठमाण्डौ, 2011/12/08

काम भन्दा कुरा बढि गर्नेहरूको जमात नेपाली चलचित्र क्षेत्रमा थुप्रै छ । गफै गरेर खाने पनि थुप्रै छन् । हुन त उखान नै छ 'बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल पनि बिक्दैन' । सायद उनीहरूले बोलेरै जितेका पो छन् कि !

 

कुरा चलचित्रकर्मीले लिने पारिश्रमिककै हो । नायकको रूपमा देखा परेको केहि बर्षमा नै आर्यन सिग्देलले आफ्नो रेट ६ लाख पुर्‍याए र सबैभन्दा महंगा नायक बने । तर उनको महंगी धेरै समय टिक्ने लक्षण देखिएको छैन । कारण अहिले उनलाई त्यहि महंगो पारिश्रमिक घाँडो भएको छ । यिनै नायकका निकै घनिष्ट मित्र लेखक प्रदिप भारद्वाजले पनि आफ्नो रेट बढाएको बताउँछन् ।

 

०६१ सालमा जंगली मान्छे नामको फिल्मको कथा लेखे वापत २५ हजार पारिश्रमिक लिएका प्रदिपले सात बर्षको लेखन यात्रामा आफ्नो पारिश्रमिक पाँच लाख पुर्‍याएका छन् रे ! आफूले लेखेका चलचित्रहरू सफल हुँदै गएको बताउने प्रदिप अब कम रकममा स्क्रिप्ट नलेख्ने बताउँछन् । उनी भन्छन्, 'बरू स्क्रिप्ट नै लेख्दिन तर पारिश्रमिक कथा सुहाउँदो नै लिन्छु ।'

 

देवरबाबु, शाहारा, सम्झना, हिफाजत, कस्ले चोर्यो मेरो मन, छोडि गए पाप लाग्ला, आई एम सरी, च्यालेञ्ज चलचित्रको कथा लेखि सकेका प्रदिप दर्शकलाई नयाँ टेस्ट दिन फ्रेस कथा दिन तयार रहेकाले पारिश्रमिक पनि मज्जाले लिने बताउँछन् । अहिले उनका हातमा स्टुपिड मन, लंका, मेचि टु महाकाली, सो सिम्पल, यु एण्ड मि जस्ता चलचित्रका कथा छन् रे ! जुन कथालाई उनले उचित मूल्यमा बेचि सकेको बताउँछन् ।
 

कथा लेखन यात्रामा आई एम सरीको कथा निकै राम्रो रहेको बताउने प्रदिप उक्त चलचित्र रिलिज पश्चात आफ्नो पारिश्रमिक अझै बढाउने योजनामा छन् । उनी भन्छन्, 'कथा राम्रो छ । यो चलचित्रको कथा हेरेर निर्माताहरूले आफै मेरो परिश्रमको मूल्य बुझ्ने छन् ।' त्यसो हो भने हामी पनि उनको मेहनतको फल हेर्न अझै केहि महिना कुर्नु पर्ने भयो । तर प्रदिपले पनि बुझ्नु पर्ने कुरा यो छ कि 'घाँटि हेरी हाड निलौ पुर्‍याउँ है बिचार !'