मिति : २०८२ वैशाख २८, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सुष्माको नैतिकता ?

अनुप भट्टराई, काठमाण्डौ, 2011/12/08

पर्सी शनिबार बेलुकी ललितपुरको जावलाखेलमा भब्य समारोहका बीच भारतीय कलाकारहरूको उपस्थितिमा नेपालका चर्चित कलाकारहरूले पनि आफ्नो प्रस्तुती राख्दै छन् ।

कार्यक्रममा नेपालमा  ख्याती कमाएका तितोसत्य, जिरे खुसार्नी, मेरी बास्सै टिमका केही कलाकार र हाँस्य व्यङ्ग्यमा नाम कमाएका मनोज गजुरेल र शैलेन्द्र शिंखडाले पनि दर्शकलाई मनोरञ्जन प्रदान गर्ने कार्यक्रम छ । त्यस मध्ये पनि पछिल्लो समय चर्चामा रहन सफल नायिका सुष्मा कार्कीले सो कार्यक्रममा एक नृत्य प्रस्तुत गर्देछिन् । भारतीय हास्य कलाकार राजु श्रीवास्तव, मुन्नी बदनाम हुईकी गायिका ममता शर्मा, सपना अवस्थी लगायतका करिब २० भारतीय कलाकारहरूको उपस्तिथिमा दुई देशका कलाकारले दर्शकलाई भरपुर मनोरञ्जन दिने छन् ।

तर मनोरञ्जनको नाममा भारतीय कलाकारहरूको सामुन्ने चर्चामा रहेकी नेपालकी नायिकाले हिन्दी गितमा नाच्दैछिन् भन्ने थाहा पाउदा तपाईलाई कस्तो लाग्न सक्छ ? पक्कै पनि नराम्रो लाग्नु स्वाभाविक हो । ब्यावसायिकताको नाममा सुष्मा कार्कीले आफ्नो नैतिकता विर्सिएर 'यूपि बिहार लुट्ले...' भन्ने गितमा कम्मर मर्काउन लागेको खबर फिल्मीखबरलाई प्राप्त भएको छ । जसबाट उनीले हिन्दी गीतमा नाच्न लागेको प्रसङ्ग प्रति नैतिकताको प्रश्न उठिसकेको छ ।

 

भारतसंग नेपालको रोटी बेटीको सम्बन्ध छ जुन कटु यथार्थ पनि हो तर नेपाली पब्लिक आईकनले आफ्नै देशमा भारतीय कलाकारहरूको अगाडी   उनीहरूकै गीतमा कम्मर मर्काउन खोज्नु समग्र नेपाली चलचित्रप्रेमी दर्शक र सिनेकर्मीको बेइज्जत गरे सरह हुन सक्छ । बुझिएअनुसार नेपाली आईटम गित नभएको भन्दै अन्धो आयोजकले सुष्मालाई हिन्दी गीतमा नाच्न दवाव दिईरहेको  छ । 

 

तर सेलिब्रेटी भएको नाताले सुष्माले आयोजकको दवावमा हिन्दी गीतमा नाच्नु उनको मुर्खता हो ।  किनकी शुष्माले थुप्रै नेपाली चलचित्रमा आईटम डान्स गरेर दर्शकलाई तताई सकेकी छिन् । सुष्माले शनिबार हजारौ दर्शकको अगाडी हिन्दी गितमा नाचिन् भने उनको बौद्धिकता र नैतिकता माथि गम्भीर प्रश्न उठ्ने छ । 
 

यस्तै यहि प्रसंगमा सुष्मालाई सोधिएको प्रश्नमा उनले हिन्दी गितमा आफू नाच्न लागेको बिषयलाई स्वीकारेकी छिन् तर गीत छनौटमा आयोजक हावी हुँदा आफू नाच्ने बिषयलाई लिएर दोधारमा परेको उनको प्रतिक्रिया छ । हेरौं दोधारलाई चिर्दै उनले आफ्नो बौद्धिकतालाई कसरी प्रयोग गर्छिन् ? त्यसको लागि शनिबार सम्म  पर्खनु पर्नेछ । तव सम्मको लागि नेपाली भूमिमा भारतीय कलाकारहरूको अगाडी हिन्दी गितमा उनले नाच्न लागेको प्रसंगलाई  जनताको बिचार मार्फत फिल्मीखबरले प्रतिक्रिया राख्ने  निर्णय गरेको छ । कृपया यो बिषयमा तपाईको के बिचार छ कमेन्ट गर्नुहोला  ।