मिति : २०८२ वैशाख २८, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

विद्यार्थीले खोज्नेछन् काठमाण्डूको नयाँ कथा

फिल्मीखबर, काठमाण्डौ, 2011/12/07

रिलिजको तयारीमा रहेको चलचित्र काठमाण्डू निर्माण गरेको द स्काई मुभिजले राजधानीको करिब पच्चिस कलेजका विद्यार्थीहरूलाई लक्षित गर्दै उनीहरूको नेपाली चलचित्र प्रति रूची बढाउने प्रयास स्वरूप  बृहत कार्यक्रम आयोजना गर्ने भएको छ ।

निर्देशक आकाश अधिकारीले दिएको जानकारी अनुसार फ्रेब्रुअरीको पहिलोको सातामा रिलिज हुने उनको चलचित्र काठमाण्डूको रिलिज छेकोमा उक्त कार्यक्रम आयोजना हुदैछ । अधिकारीका अनुसार 'काठमाण्डूको बदलिदो तस्बिर' नामक एक शिर्षकमा कलेजका बिधार्थीहरूले विभिन्न कथा बोकेका नाटक मंचन गर्नुपर्ने छ । जसमा  सेक्स, ड्रक्स, स्ट्रेट चिल्ड्रेनको बिषय अनिवार्य हुनु पर्नेछ । पोलिटिकल कन्सेप्टलाई भने नाटकमा समावेश गर्न पाईने छैन । 

 

पछिल्लो समय विदेशी चलचित्रमा आकर्षित हुन थालेका युवाहरूलाई स्वदेशी चलचित्र प्रति रूची जगाउने उद्देश्य अनुरूप स्काई मुभिजले उक्त कार्यक्रम गर्न लागेको हो । जसका लागि युवा संयोजकको रूपमा प्रतिमा श्रेष्ठ र कार्यक्रम संयोजकमा रंगकर्मी बिरेन्द्र हमाललाई छनौट गरिएको छ । निर्देशक अधिकारीका अनुसार राजधानीको उच्च कलेजहरूले कार्यक्रममा सहभागीता जनाउने ईच्छा अनुरूप फर्म भर्ने काम पनि सुरू भैसकेको छ ।

 

फर्म भरे पश्चात स्काई मुभिजले नाटक मञ्चन गर्न सम्बन्धीत कलेजलाई स्वीकृति दिने छ । त्यस पश्चात खिचिएको सो नाटकलाई विभिन्न विधाका जुरीहरूको अवलोकनबाट  उत्कृष्ट दश नाटक छनौट गरी ग्रयाण्ड ईभेन्टमा मंचन  गराईने  छ  । जस मध्ये उत्कृष्ट तीन कन्सेप्ट बोकेका नाटकलाई पुरस्कृत गरिने छ । 

 

कार्यक्रमलाई लाईभ टेलिकाष्ट गरी गरिने बताईएको छ भने विद्यार्थीहरूले काठमाण्डूको भाव झल्कने  पेन्टिङ पनि तयार गर्ने छन् । यस्तै कार्यक्रममा सेलिब्रेटी फेसन र्‍याम्पको आयोजना पनि गरिने छ । जहाँ सिनेसेलिब्रेटीसंग युथहरूले विभिन्न अनुभव साट्ने मौका पाउने छन् । कार्यक्रमको फिल्मीखबर डटकम मिडिया पर्टनर रहने छ र हरेक इभेन्टलाई प्रस्तुत गर्दै जानेछ ।