मिति : २०८१ वैशाख २५, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मलेसियामा रूचाईयो दासढुंगा

रामचन्द्र नेपाल, क्वालालम्पुर, 2011/12/06

मलेसियामा पहिलो पटक प्रिमियर गरिएको चलचित्र दासढुंगा हेर्नेहरुले एक पटक सबैले हेर्नै पर्ने चलचित्र बनेको प्रतिक्रिया दिएका छन् ।


क्वालालम्पुरमा रहेको द खुकुरी रेष्टुरेष्टमा गरिएको प्रिमियर शो पछि गैर आवासिय नेपाली संघका अध्यक्ष शंकर वहादुर पौडेलले भने, 'मैले कहिले काहि मात्रै नेपाली फिल्म हेर्ने गर्दछु ।  तर यो फिल्म हेरेपछि मलाई यस्तो लाग्यो नेपालमा पनि हेर्न लायक फिल्महरु रहेछन् ।' यसैगरी एमडिवि अध्यक्ष हव खड्काले चलचित्र हेरिसके पछि प्रतिक्रिया दिंदै भने, 'फिल्म कस्तो वन्नु पर्दछ अनि कलाकारको अभिनय कस्तो हुनुपर्दछ भन्ने यो फिल्ममा देख्न पाइन्छ ।'
 

पत्रकार,गैरआवासिय नेपाली संघ तथा व्यापारीहरु सम्मिलित उक्त प्रिमियर शो हेर्नेहरुले फिल्मलाई निकै मनपराएको वितरक संस्था नेपाल म्युजिक कम्पनीका अध्यक्ष ग्याल्जेन लामाले बताए । उनले भने, 'यो फिल्म ल्याउँ कि नल्याउँ भन्ने लागिरहेको थियो । सवै साथीहरुले ल्याउन अनुरोध गरेपछि मलेसियामा ल्याएको हुँ ।  चलचित्रलाई सबैले मन पराएका छन् त्यसैले एक हप्ता भित्रमा मलेसियाका सवै वजारमा पुर्याईसक्नेछु ।'

 

नेकपा एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते पोखराको कार्यक्रम सकेर चितवन तर्फ आउदै गर्दा जीप दुर्घटनामा परि मृत्यु भएको विषयलाई समेटेर चलचित्र वनाईएको छ । दुर्घटनाको १९ वर्ष पुगिसक्दा पनि सरकारले अहिले सम्म रहस्यमय मृत्यु हो वा षडयन्त्रक पुर्वक भएको हत्या हो भन्ने भन्न सकिरहेको छैन ।


नेपाल चलचित्र विकास वोर्डबाट एक वर्ष अगाडि बिभिन्न बिधामा अवार्ड पाउन सफल यस चलचित्रका निर्देशक मनोज पण्डित हुन् । पण्डितले यस अघि ग्रेटर नेपाल नामक वृतचित्रको निर्देशन गरेका थिए भने अहिले बधशाला नामको चलचित्र निर्माणको तयारीमा छन् । चलचित्र दासढुंगालाई अपिल बिष्टले निर्माण गरेका हुन् ।