मिति : २०८२ वैशाख २८, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दुई संघबीच ऐतिहासिक सहमति

फिल्मीखबर, काठमाण्डौ, 2011/12/06

पछिल्लो समय  नेपाली चलचित्रको ब्यापार खस्किरहेको अवस्थालाई मध्यनजर गर्दै चलचित्र निर्माता संघ र चलचित्र संघले समग्र चलचित्र उधोगको उत्थानका लागि भन्दै  १४ बुँदे ऐतिहासिक सम्झौतामा हस्ताक्षर गरेका छन् ।

निर्माता संघका उपाध्यक्ष आकाश अधिकारी र चलचित्र संघका उपाध्यक्ष बिरेन्द्र नारायण श्रेष्ठको संयोजकत्वमा गठित बार्ता टोलीले हिजो सोमबार बिहान ती बुँदामा हस्ताक्षर गरेको हो ।  सहमति पत्रमा निर्माता संघको तर्फबाट अध्यक्ष राजकुमार राई र चलचित्र संघको तर्फबाट अध्यक्ष राजकुमार पोखरेलले दुई संघका सदस्यहरूको रोहोबरमा १४ बुँदामा अक्षरस: पालना गर्ने सम्झौता अनुरूप हस्ताक्षर गरेका हुन् ।

सहमतिका बुँदाहरू यस प्रकार छन् ।


१) निर्माताले निर्माताको ब्यानरबाट कुनै पनि चलचित्र घरमा चलचित्र प्रदर्शन गर्न गराउन पाउने छैन । साथै निर्माताले चलचित्र घरहरूबाट कुनै पनि चलचित्रको नाममा सम्झौता गरी वा नगरी पेस्की रकम उठाउन पाउने छैन ।

२) नेपाल चलचित्र निर्माता संघमा दर्ता भएका चलचित्रहरू नेपाल चलचित्र संघका वितरक सदस्यहरूले नेपाल चलचित्र संघमा अनिवार्य रुपमा दर्ता गरी नेपालभर विक्री, वितरण तथा प्रदर्शन गर्न र गराउन पाउने छन् ।

३) वितरकले चलचित्र प्रदर्शन गर्नुभन्दा पहिलो अनिवार्यरुपमा चलचित्र भवनसँग सम्झौता गरेर मात्र चलचित्र प्रदर्शन गर्नु गराउनु पर्नेछ ।

४) सम्झौता अनुसार हरहिसाब फरफारक गर्दा चलचित्र घरले TDS कट्टा गरेको प्रमाण अनिवार्यरुपमा उपलब्ध गराउनु पर्नेछ ।

५) चलचित्र घरले टिकटमा उल्लेख नगरेको शुल्क कट्टा गर्न पाइने छैन ।

६) चलचित्र घरले स्थानिय प्रचारप्रसार (उपत्यका बाहिर रिक्सा, गाडी, मोटर आदिबाट गरिने माइकिङ, पोस्टरिङ, एफ.एम. तथा पत्रपत्रिका आदिको नाममा) खर्च कट्टा गर्न पाउने छैन । तर वितरकको सहमति लिएर गरिएको खर्चको हकमा भने यो नियम लागु हुने छैन ।

७) चलचित्र प्रदर्शन भएको शो संख्याको आधारमा होल्डओभर कायम हुनेछ । नियमित तीन शो सञ्चालन हुने चलचित्र भवनहरूको २५ प्रतिशत होल्डओभर हुनेछ भने नियमित रुपमा दैनिक तीन शो सञ्चालन नहुने चलचित्र भवनहरूमा साप्ताहिक रुपमा दैनिक दुई शोको हिसाबले होल्डओभर गणना गर्ने र होल्डओभर ३० प्रतिशत कायम हुनेछ ।

८) शनिबार बिहानी शोको होल्डओभर गणना गरिनेछ । अन्य दिन बिहानी शोको होल्ड ओभर गणना गरिने छैन ।

९) चलचित्र प्रदर्शनको समाप्ती पछि यथाशीघ्र दुवै पक्षबाट हरहिसाब फरफारक गर्नुपर्नेछ । यदि वितरकले चलचित्र घरलाई रकम दिनुपर्ने र चलचित्र घरले वितरकलाई रकम दिनुपर्ने भएमा सातदिन भित्र रकम लेनदेन गरी हिसाब फरफारक गर्नु  पर्नेछ । अन्यथा वितरकको चलचित्र अन्य चलचित्र घरमा प्रदर्शन गर्नबाट रोक्का गरिनेछ भने चलचित्र घरलाई पनि अन्य चलचित्र प्रदर्शनबाट समेत रोक्का गरिनेछ ।

१०) वितरकले निर्मातालाई पेस्की रकम दिएको रकम चलचित्र प्रदर्शनबाट असुल उपर नभएमा सो फर्मबाट वा सोही निर्माताले अन्य कुनै फर्मको नामबाट दोस्रो चलचित्र निर्माण गरेमा पूर्व  सम्झौता अनुसार वितरकको नाममा सो चलचित्रको हक स्वतः हस्तान्तरण (वितरण अधिकार) हुनेछ । यदि दोस्रो चलचित्र निर्माण नभएमा फर्मका सञ्चालक वा प्रोप्राइटरको घरघरानाबाट पेस्की रकम असुल उपर गरिने छ ।

११) दुवै संघको सहमतिमा यो सम्झौता कार्यान्वयन गर्नका लागि एउटा अनुमगन समिति गठन गरिनेछ र अनुगमन समितिले निर्माता र वितरक बीच तथा वितरक र प्रदर्शक बीच हुने सम्झौताको नुमना तयार गरी यथाशीघ्र लागु गरिनेछ ।

१२) निर्माताले प्रदर्शकलाई र प्रदर्शकले निर्मातालाई सामाजिक प्रतिष्ठामा प्रतिकूल असर पर्ने र आर्थिक नोक्सानी हुने गरी व्यवहार गर्न पाइने छैन ।

१३) दुवै संघको संयुक्त दायित्वबाट बुलेटिन प्रकाशित गरिनेछ ।

१४) यो सम्झौता हस्ताक्षर भएको मिति देखि लागु हुनेछ ।