मिति : २०८१ ज्येष्ठ २, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सुन्तलीसँग पहिलो अनुभव

फिल्मीखबर, काठमाण्डौ, 2011/12/05

सुन्तलीसँगको पहिलो अनुभव त्यो पनि खुल्ला मैदानमा पक्कै पनि गार्‍हो भएकै हुनुपर्छ । छायाँकनमा रहेको चलचित्र 'थ्री लभर्स' का एक लभर व्वाय देबु श्रेष्ठ पहिलो पटक ठूलो पर्दामा अभिनय गर्दा केहि डराएका जस्ता देखिए पनि सुन्तलीहरूको माझमा नाच्दा भने निकै कन्फीडेन्ट   थिए ।

 

राजधानीको भृकुटीमण्डप स्थित खुल्ला मैदानमा दिउँसो देबु नायिका प्रियंका कार्की र स्नेहा शर्मासँग 'सुन्तली माई...' भन्दै कम्मर मर्काई मर्काई नाचे । बेल्जियमबाट अभिनयका लागि काठमाण्डू ओर्लेका देबु पहिलो पटक ठूलो पर्दामा देखिएता पनि उनको डान्स भने पहिलो पटकको जस्तो देखिन्थेन । 'शुरूमा त निकै डर लागेको थियो तर सबै टिमको सहयोगले गर्दा गार्‍हो भएन', सुन्तलीहरूको भिडबाट बाहिर निस्केर फिल्मीखबरसँग आफ्नो अनुभव साट्दै देबुले भने, 'सानै देखि नै डान्समा सौखिन भएकाले मलाई करियोग्राफर कविराज जीले सजिलै नचाउनु भयो ।'

 

नेपाल आए लगत्तै करियोग्राफर पुर्नम राई र नायक दिलिप रायमाझीले उनलाई डान्समा अझ निखार्ने प्रयास गरे जसले गर्दा कविराजलाई डान्स स्टेप गराउन सहज पनि भयो । गत बिहिबारबाट छायाँकन शुरू भएको चलचित्र 'थ्री लभर्स' मा अभिनय गर्नका लागि अष्ट्रेलियाबाट शुक्रबार मात्र नेपाल ओर्लेका अर्का लभर धिरेन्द्रराज थापा पनि सुन्तलीहरूसँग मज्जाले डान्स गरे । शुरूमा त उनी पनि निकै डराएका थिए रे तर पछि खुलेरै डान्स गरे । थुप्रै म्युजिक भिडियोमा अभिनय मात्र हैन निर्देशन पनि गरिसकेका थापाले ठूलो क्यामेरा फेस गर्दाको अनुभव साट्दै भने, 'शुरूमा नाच्न लाज लाग्यो तर पछि लाज पचाएरै मज्जाले नाचें ।'

 

यता चलचित्रको पर्दाका लागि नयाँ अनुहारको रूपमा रहेकी नायिका प्रियंका कार्की पनि दुई लभरहरूसँग दिल खोलेरै नाचिन् । आईटम टाईपको उक्त गीतको करियोग्राफी शुरूमा पुर्नम राईले गर्ने भनिएता पनि कार्यव्यस्तताले गर्दा कविराज गहतराजले जिम्वेवारी सम्हालेका हुन् । देबु श्रेष्ठकै शब्द रहेको सो गीतमा राजन इशानले संगीत भरेका छन् भने धमेन्द्र सेवान र इन्दिरा जोशीले स्वर दिएका छन् । चलचित्रलाई सुरेश दर्पण पोखरेलले निर्देशन गरिरहेका छन् ।