फिल्मी माहोलमा सवै भन्दा राम्रो पहिरन लगाउने नायिका को हुन् भनी प्रश्न उठ्यो भने प्रायको उत्तर हुन्छ करिश्मा मानन्धर । कुनै पनि पार्टी होस् वा बैबाहिक समारोह करिश्मा गर्जियस भएर उपस्थित हुँदा उनको पहिरनको तारिफ नगर्ने कोही हुँदैनन् ।
पति विनोद र छोरी कविताको साथ अभिनेता शिव श्रेष्ठको छोराको विबाहको रिसेप्सन पार्टीमा सहभागी हुन पुगेकी डिभा हिरोईन मानन्धर इम्बोडरी गरेको सेतो साडी सेतो ब्लाउज र सेतो बर्कोमा उपस्थित थिईन् । जुन पहिरन सो पार्टीमा उपस्थित भएका मध्ये सवैभन्दा उत्कृष्ट थियो । तर हेर्दा भर्खरै सिलाएको जस्तो उनको सेतो ब्लाउजले शरिर छोडी दिदा उनको इनरवेयरको बेल्ट देखिएको थियो । जसकारण उनलाई सो पार्टीमा इन्ज्योय गर्न निकै अप्ठयारो भैरहेको थियो ।
यस्तै सो रिसेप्सन पार्टीमा पुरूष तर्फ अभिनेता श्रीकृष्ण श्रेष्ठ कालो कुर्तामा उपस्थित हुँदा उनको स्टारडम उच्च देखिएको थियो । अरू बेलाको र्सार्वजनिक कार्यक्रम भन्दा सो पार्टीमा श्री पच्चिस बर्षको ठिटो जस्तो देखिएका थिए । यस्तै श्रीको नजिककी हिरोईन स्वेता खड्का पनि हेर्दा महंगो देखिने इम्बोडरी गरेको स्काई ब्लू साडीमा उपस्थित हुँदा रिसेप्पसन पार्टीको माहोल तारिफ योग्य बनेको थियो । अझ स्वेताले कम्मरमा साडीको फर्को सिउरेर मोहनी लाग्ला हैको रिमिक्स गितमा कम्मर मर्काउदाको क्षण विर्सन नसक्ने थियो ।
सोही पार्टीसंग सम्बन्धीत दिनेश डीसीको रमाईलो प्रसङ्ग :-
बिवाहको रिसेप्सन पार्टीका लागि आएको कार्डमा मिति नहेर्दा कलाकार समेत रहेका सञ्चारकर्मी दिनेश डिसी गत शुक्रबार (मङ्सिर ९ गते) नयाँ बानेश्वरको ईन्द्रेणी फुडल्याण्ड पुगेका थिए । तर सहकर्मी शिव श्रेष्ठको परिवार र फिल्मी क्षेत्रका कोही ब्यक्ति नदेख्दा बल्ल उनलाई थाहा भएछ गलत दिन आईएछ भनेर । त्यसपछी उनले सोही स्थानबाट शिव श्रेष्ठलाई फोन गरेर सोधेछन तपाईले राखेको पार्टी आज हैन ? जवाफमा दिनेशले पार्टी आउदो शुक्रबार ( मङ्सिर १६ गते ) रहेको भनी शिवबाट प्रतिक्रया पाउदा उनी तीन छक्क परे र टाउको कन्याउदै बाहिरिए । तर पनि सेलीब्रेटी भएको नाताले सो परिवारका सदस्यहरूले आफूसंग फोटो सेशन गरेको दिनेशले बताए ।

