मिति : २०८२ वैशाख २८, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दिपक रायमाझीको नाममा ट्रष्ट स्थापना

फिल्मीखबर, काठमाण्डौ, 2011/12/02

स्वर्गीय निर्देशक दिपक रायमाझीको ४५ औँ पूण्य तिथिको अवसरमा चलचित्र निर्देशक समाजले शुक्रबार आफ्नै कार्यालयमा आयोजना गरेको स्मृति एवं श्रद्धाञ्जली सभामा रायमाझीको परिवारले उनको नाममा ठूलो धन राशीको ट्रष्ट  स्थापना गर्ने  घोषणा गरेको छ । 

 
 
डिल्लीबजार स्थित समाजको कार्यालयमा अपरान्ह आयोजित श्रद्धाञ्जली कार्यक्रममा रायमाझीको जेठी छोरी हिमानीले नयाँ क्रिएसन गर्ने आफ्नो पिताको बानी अनुरूप प्रत्येक बर्ष उत्कृष्ट हुने नव निर्देशक वा कलाकार मध्ये एकलाई रायमाझी ट्रष्टले पुरस्कृत गर्ने पारिवारिक निर्णय  भएको जानकारी दिईन् । पितालाई सम्झदै भक्कानिएर उनले भनिन्, 'उहाँको नाम अमर राख्न केही महिना भित्र ट्रष्ट स्थापनाको औपचारिक जानकारी दिनेछौ ।'  
 
 
हिमानी बिहिबार अमेरिकाबाट नेपाल फर्किएकी बहिनी दीपालीको साथमा श्रद्धाञ्जली सभामा उपस्थित थिईन् । हिमानीका अनुसार फिल्म पर्ढाई हुने एक कलेजसंग अन्तर निहित भएर  रायमाझीको नाममा छात्रबृति कोष समेत स्थापना गरिनेछ  । 

पैतालिसौ पुण्य तिथिमा  निर्देशक समाजले नेपाली सिने उद्योगमा ब्यावसायिक ट्रेन लिएको दिपक रायमाझीद्धारा निर्देशित दोस्रो चलचित्र युग देखि युग सम्मको प्रदर्शन  गरेको थियो । स्मृति सभामा युगदेखि युग सम्मबाट डेब्यू गरेका  महानायक राजेश हमालले पनि उपस्थिति जनाउदै मामा दिपक रायमाझीको योगदानको चर्चा गरे । भावुक मुद्रामा उनले भने, 'मेरो इतिहास जतिबेला केलाईन्छ  त्यतिबेला  मसंगै उहाँको नाम पक्कै जोडिनेछ ।'  
 
कार्यक्रममा निर्देशक समाजका अध्यक्ष  केपी पाठकले रायमाझी प्रति श्रद्धा सुमन ब्यक्त गर्दै उनको निधनको समयमा आफु र समाजका अन्य सदस्यहरूको बेर्फुसदीका कारणले  समयमा श्रद्धाञ्जली सभा राख्न नसकिएको प्रति अन्यथा नलिन आग्रह गरेका थिए ।
 
 
यस्तै रायमाझीको  समकालिन मित्र रहेका साउण्र्ड  इन्जिनियर प्रदीप उपाध्यायले पहिलो चलचित्र भाग्य रेखा उनि संगै मिलेर निर्माण गरेको सम्झदै एउटा असल मित्र आफुले गुमाएको भन्दै  रायमाझीले नेपाली चलचित्र क्षेत्रमा पुर्‍याएको  योगदान र चरित्रको ब्याख्या गरेका थिए ।
 
 
त्यसैगरी रायमाझीको करिब आधादर्जन चलचित्रमा संगीत भरेका संगीतकार शम्भुजीत बास्कोटाले सधै हतार गरिरहने दीपक रायामाझीको निधन पनि हतारमै भएको र परिवारले हतारमै गरेको उनको दाहसंस्कारको काम प्रति असन्तुष्ट जनाए ।  यस्तै बास्कोटाले भाग्यरेखाबाट निस्कासित  भएपछी युगदेखि युगसम्ममा राजेश हमाललाइ लिन रायमाझीलाई गरेको सिफारिस  सम्झदै  राजेश हमाल कसरी हिरो भएको भन्ने  इतिहास पल्टाएका थिए ।
 
 
यस्तै श्रद्धासुमन  ब्यक्त गर्ने क्रममा कुशल अभिनेता विश्व बस्नेतले  रायमाझीको चलचित्रमा आफूले काम गर्न नपाएपनि उनी राम्रो साथी भएको भन्दै भाबुक भएका   थिए । त्यसैगरी निर्देशक शिव रेग्मीले कसैलाई भेदभाव नगर्ने ब्यक्तिका  रूपमा रायमाझीलाई  चित्रण गर्दै उनी र उनका कृति अमर रहने बताए ।  कार्यक्रममा चलचित्र बिकास बोर्डका अध्यक्ष  गणेश भण्डारीले आफूले प्रत्यक्ष  रूपमा रायमाझीलाई मुस्किलले चार पाँच पटक भेटेको सम्झदै युद्ध जित्न हिडेको सिपाही जस्तो लग्ने भनी रायमाझीको चरित्र चित्रण गरेको थिए । 
 
 
नोटः नेपालमा सोसल ड्रामामा फिल्म निर्माण भैरहेका बेला युगदेखि युग सम्मको निर्माण पश्चात  ब्यावसायिक ढङ्गबाट प्रेमकथामा आधारित भएर चलचित्र निर्माण गर्ने ट्रेन सुरू भएको हो जसलाई नेपाली सिनेमाको ट्रनिङ पोईन्ट पनि भनिन्छ । जस अनुरूप सोही चलचित्रबाट नेपाली रजतपटमा अहिले सम्म चर्चामा रहन सफल महानायक राजेश हमाल, द्धन्द निर्देशक राजेन्द्र  खड्गी र निर्माता छविराज ओझाको करिअर सुरू भएको हो । यस्तै हाल अमेरिकामा रहेकी अभिनेत्री कृष्टी मैनालीले पनि सोही चलचित्रबाट डेब्यू गरेकी हुन् । युगदेखि युग सम्म २०४५ सालमा निर्माण सुरू भै २०४७ सालमा रिलिज भएको थियो ।