
मेकिङका हिसावले पछिल्लो प्रोजेक्ट 'ब्रेकफेल' बाट औषत तारिफ पाएका तर विजनेसमा अनपेक्षित धक्का ब्यहोरेका निर्देशक शंकर घिमिरेले नयाँ चलचित्र 'सुपर गोर्खे' निर्माण गर्ने भएका छन् ।
अष्ट्रेलिया, बेल्जियम, बेलायत, हङकङमा लगायत आधा दर्जन मुलुकमा रहेका नेपालीहरूको संयूक्त लगानीमा उनले उक्त चलचित्र निर्माण गर्न लागेको जानकारी दिए । नाम अनुसार उनको चलचित्रको कथा एनिमेशनमा बढी केन्द्रित हुने छ । तर पनि आफैले डेब्यू गराएका नायक विमलेश अधिकारी र नवप्रस्तुतीमा गजेन थापालाई उनले चलचित्रको मुख्य हिरो बनाउदैछन् भने घरकी हिरोईन ऋचा घिमिरेले उक्त चलचित्रमा अभिनय गर्ने सम्भावना न्यून रहेको उनी बताउछन् ।

केही प्रतिशत छायाकंन देशबाहिर गर्ने प्लान बनाएका शंकरले लेकेशन हन्टका लागि मंसिर २२ गते ऋचा सहित हङकङक जान लागेको जानकारी पनि दिए । उनले भने, 'यो मेरो फरक सब्जेक्टको पाँचौ सिनेमा हो त्यसैले लोकेशन पनि नया दिउ भन्ने उद्देश्यले हङकङमा रहेका प्रोड्यूसरसंग फिल्म निर्माणका बिषयमा मिटिङ हुने छ ।'
सुपर गोर्खेको कथा समाजमा घटिरहने नकारात्मक घटनालाई जस्तो सुकै ब्यक्तिले हिम्मतका साथ सुल्झाउन प्रयास गरे ऊ सुपर गोर्खे भएर कहलाउने विषयमा केन्द्रित छ । छायाकंन आगामी माघको अन्तिम साताबाट सुरू गरिने शंकरले जानकारी दिए ।