मिति : २०८१ वैशाख २२, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फर्कियो 'फेसबुक'

फिल्मीखबर, काठमाण्डौ, 2011/11/28

सिंगापुरमा सुटिङ सकेर चलचित्र 'फेसबुक' टोली आइतवार राती नेपाल फर्किएको छ । सुटिङका लागि मंसिर १ गते सिंगापुर उडेको 'फेसबुक' टोली एघार दिनका दिन नेपाल ओर्लेको हो ।

 

आठ दिनको सेड्यूल लिएर सिंगापुर पुगेको टोली प्राबिधिक कारणले गर्दा तीन दिन बढि सिंगापुरमा बिताउनु परेको थियो ।  गत मंगलबार बिहान टुके क्यामेरामा खराबी आए पछि दुई दिन सम्म सुटिङ ब्रेक भएको र एक दिन टिकट नपाएर आउन नपाएको चलचित्रका निर्माता सुनिल कुमार थापाले जानकारी गराए ।

 

निकै महंगो शहर मानिने सिंगापुरमा दुई दिन सम्म सुटिङ ब्रेक गर्नु पर्दा निर्माता थापाले लगानी अनाशय बढेको बताए । तर पनि सो खर्चलाई बिर्सेर आफूहरू सिंगापुरका रमणिय स्थानहरू मज्जाले घुमेको निर्माता थापाको भनाई छ । सुरज सुब्बा 'नाल्बो' ले निर्देशन गरिरहेको सो चलचित्रको सुटिङ नेपालमा बिहिबारबाट शुरू  गरिंदै छ ।

 

यसै चलचित्रबाट स्वतन्त्र प्रताप शाहले नायकको रूपमा डेब्यू गर्दैछन् । उनले नायिका झरना थापासँग अनस्क्रिन रोमान्स गर्दैछन् । स्वतन्त्र र झरनाको साथमा चलचित्रमा राजेश हमाल, सुनिल थापा, सुवास थापा, अनुराग मान सिंह कुवँर, विल्सन विक्रम राई, माटिन खान, लगायतको अभिनय रहने छ । यता चलचित्रको छायाँकनमा संजय लामा, कोरियोग्राफर कविराज गहतराज, द्वन्दा रोशन श्रेष्ठ, तथा सम्पादन बनिश शाहको रहने छ । चलचित्रका गीतमा संगीत दिने काम सुनिल बर्देवाले गरेका छन् ।