मिति : २०८१ ज्येष्ठ ३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'थ्री लभर्स' मा युवापुस्ताको जमघट

फिल्मीखबर, काठमाण्डौ, 2011/11/12

बेल्जियममा रहेका एनआरएन प्रिन्स श्रेष्ठको निर्माणमा सुरेश दर्पण पोखरेलले निर्देशन गर्न लागेको चलचित्र 'थ्री लभर्स' मा युवापुस्ताको जमघट रहने भएको छ । निर्देशक देखि निर्माता, कलाकार अनि प्राबिधिक सबै युवानै रहेका छन् ।

 

थ्री ब्रदर्स क्रियशन, बेल्जियमको प्रस्तुतीमा निर्माण हुन लागेको चलचित्र 'थ्री लभर्स' युनिट यहि मंसिरको दोस्रो साताबाट छायाँकनमा जाने तयारी गर्दैछ । चलचित्रमा कलाकार देखि प्राबिधिक सबै अनुबन्धित भईसकेको जानकारी दिंदै निर्देशक पोखरेलले युवाहरूको जमघट रहने यस चलचित्रले युवापुस्ताको कथालाई नै समेटेको बताए । उनले भने, 'यो चलचित्र युवापुस्तामा नै केन्द्रित रहने छ ।' उनका अनुसार युवापुस्ताको सोचले दर्शकलाई नयाँ टेस्ट दिनेछ ।

 

चलचित्रमा निरज बराल, निशा अधिकारी, देबु श्रेष्ठ, सुमन गैरे, पूजा शर्मा र धिरेन्द्र राज थापाको मुख्य अभिनय रहने छ । निरज र निशा बाहेक सबै अनुहार चलचित्र क्षेत्रका लागि नयाँ अनुहार हुन् । यसैगरी शिबम अधिकारीको कथा रहेको सो चलचित्रमा राजन इशान संगीतकारको रूपमा नयाँ अनुहार बनेर आउँदैछन् । यसका अलावा चलचित्रमा पुरूषोत्तम प्रधानको छायाँकन, हिमाल केसीको द्वन्द, शंकर बिसी र पूनम राईको नृत्य तथा प्रोडक्सन डिजाईनरमा बुद्धिलाल मगर रहेका छन् ।

 

यसैगरी चलचित्रको पब्लिसिटी डिजाईनको जिम्मा सनबी क्रियशनले पाएको छ । सनबीका दाजुभाई सञ्जय बराकोटी र बिजय बराकोटीले यसअघि चलचित्र 'कुसुमे रूमाल-२' को पब्लिसिटी डिजाईन गरेका थिए भने सुरेशकै चलचित्र 'मिस यू' को पनि गर्दैछन् ।
 

 

चलचित्र 'थ्री लभर्स' का नयाँ अनुहारहरू

 

देबु श्रेष्ठ

लामो समय देखि बेल्जियममा बस्दै आएका गायक, तथा मोडल देबु श्रेष्ठ अब चलचित्रको पर्दामा देखिंदै छन् । 'Amazing' र 'Up Date' गरि दुई एल्बम बजारमा ल्याईसकेका देबुले केहि बिज्ञापनमा समेत काम गरि सकेका छन् । उनी चलचित्रका अभिनय गर्नका लागि मंसिरको पहिलो साता काठमाण्डू ओर्लदैं छन् ।

 

सुमन गैरे

नेपाली चलचित्रको उत्थानका लागि बिगत अढाई बर्ष देखि सञ्चालनमा आएको अनलाईन पेपर फिल्मीखबर डटकममा प्रधानसम्पादक सुमन गैरे पनि यसै चलचित्रबाट नायकको रूपमा डेब्यू गर्दैछन् । सुमनले यसअघि शंकर घिमिरेको निर्देशनमा चलचित्र 'तुलसी' मा एक बिशेष भुमिका निर्वाह गरेका छन् । साथै उनले केहि म्युजिक भिडियोमा पनि अभिनय गरिसकेका छन् । चलचित्रकै लागि भनेर अहिले उनी अभिनय, नृत्य तथा द्वन्दको ट्रेनिङ लिईरहेका छन् ।

 

पूजा शर्मा

आकर्षक शारिरिक बनोट भएकी मोडल पूजा शर्मालाई पनि निर्देशक पोखरेलले यसै चलचित्रबाट नायिकाको रूपमा प्रस्तुत गर्दैछन् । यस अघि गायक शिब परियार, सुगम पोखरेल लगायतका केहि गायकको गीतको म्युजिक भिडियोमा आफ्नो कला प्रस्तुत गरिसकेकी पूजा अभिनयका लागि सहि अनुहार भएको निर्देशक पोखरेल बताउँछन् । हाल हिमालनय टेलिभिजनमा फेसन सम्बन्धि कार्यक्रमको रिपोर्टिङ गर्दै आएकी पूजाले केहि बिज्ञापनमा पनि काम गरिसकेकी छिन् । नेपाली चलचित्र प्रति मोह दर्शाउने पूजा कलालाई सम्मान गर्दै आफूले सक्दो मेहनत गरेर राम्रो कलाकार बन्ने बताईन् ।

 

धिरेन्द्र राज थापा

अष्ट्रेलियामा रहेर पनि नेपाली चलचित्र प्रति मोह दर्शाउँदै आएका अर्का नयाँ अनुहार हुन् धिरेन्द्र राज थापा । नेपाली चलचित्रलाई ग्लोबल मार्केटमा पुर्‍याउनु पर्छ भन्ने मान्यता राख्दै केहि समय यता  अष्ट्रेलियामा नेपाली चलचित्र प्रदर्शन गर्दै आएका धिरेन्द्र पनि 'थ्री लभर्स' का एक मुख्य पात्र हुन् । बिभिन्न समयमा अष्ट्रेलियामा नेपाली कलाकारलाई बोलाएर कन्सर्ट समेत गराउँदै आएका धिरेन्द्रले अष्ट्रेलियामा नै थुप्रै म्युजिक भिडियोको निर्देशन तथा अभिनय गर्दै आएका छन् । उनी पनि चलचित्रमा अभिनय गर्न मंसिर महिनाको शुरूवातमा नेपाल आउँदैछन् ।

 

राजन इशान

०५५ साल तिर आफ्नै एल्बम 'रोहिनी भोल्यूम १' मा संगित दिएर म्युजिक निर्देशक बनेका राजन इशान यसै चलचित्रबाट संगीतकार बन्दैछन् । थुप्रै चर्चित गीतको एरेन्जर इशानले कोही मेरो, ब्रेक फेल, मिस यू चललचित्रमा व्याकग्राउण्ड म्युजिक दिईसकेका छन् । राजनले 'थ्री लभर्स' मा समावेश ४ गीतमा संगित दिने छन् । उनी पछिल्लो समयमा निकै रूचाईेका म्युजिक एरेन्जर हुन् ।