
डाक्टरले मंसिर १० गतेको डेलिभरी डेट दिएका थिए तर अकस्मात हिजो बेलुकी पेट दुखेपछी अस्पताल भर्ना भएकी अभिनेत्री अरूणिमा लम्सालले पहिलो सन्तानको रूपमा छोरीलाई जन्म दिएकी छिन् ।
भिडियो एक्सरे गरेका कारण डेलिभरी हुनु अघि नै छोरी जन्माउने जानकारी पाएकी लम्सालले मंगलबार राति पौने आठ बजे पहिलो सन्तानलाई जन्म दिएकी हुन् । थापाथलीमा रहेको नर्भिक अस्पतालमा उनको नर्मल डेलिभरी भएको थियो । उनको छोरी २.१ केजीको रहेको जानकारी दिईएको छ । अहिले उनका साथमा अस्पताल परिसरमा परिवार रहेका छन् ।
स्मरण होस संचिता लुइटेल बाहेक प्राय चलचित्रकर्मीहरूको पहिलो सन्तान छोरी नै भैरहेको अवस्थामा अरूणिमाले पनि त्यो निरन्तरता दिएकी हुन् । यस अघि करिश्मा मानन्धर, मेलिना मानन्धर, मौसमी मल्ल, झरना थापा, जल शाह, पूजा चन्द, बीना बुढाथोकी, सुशीला रायमाझी, निर्देशक तुलसी घिमिरे, शम्भु प्रधान, आकाश अधिकारी, शिव श्रेष्ठ, दीलिप रायमाझी तथा नेपालकी प्रथम नायिका भुवन चन्दको पनि पहिलो सन्तान छोरी नै भएको हो ।
अहिले अरूणिमालाई उनका सहकर्मी साथीभाई तथा आफन्तहरूको बधाई तथा शुभकामनाको ओईरो लागिरहेको खबर प्राप्त भएको छ । फिल्मीखबर डटकम परिवार पनि पहिलो सन्तानको रूपमा छोरी जन्माएकी अरूणिमालाई बधाई दिन चाहन्छ । बधाई छ अरूणिमा !