मिति : २०८१ वैशाख १८, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

राजनितिक कारणले फिल्म सर्‍यो - निर्देशक लामिछाने

फिल्मीखबर, काठमाण्डौ, 2011/11/03

भोली शुक्रबारबाट राजधानीका सिनेमा घरमा चल्ने भनेर प्रचार प्रसार गरिएको चलचित्र 'हाम्रो माया जुनी जुनीलाई' को रिलिज पोस्टपोण्ड भएको छ । चलचित्र भित्र हुने गरेको राजनितीले चलचित्रको रिलिज डेट अचानक सरेको हो । चलचित्र 'हाम्रो माया जुनी जुनीलाई' ले अब कार्तिक २५ गते 'फर्की आऊ' सँग राजधानीमा व्यवसायिक प्रतिष्पर्धा गर्ने छ ।
 

चलचित्रका निर्देशक ऋषि लामिछानेले चलचित्रको हित नचाहने केहि व्यक्तिहरूको राजनितीले गर्दा चलचित्रको रिलिज डेट सरेको आरोप लगाए । रिलिज डेट एक्कासी सरे पछि आक्रोषित मुद्रामा भेटिएका निर्देशक लामिछानेले भने, 'यो क्षेत्र भित्र यति धेरै राजनिती हुंदो रहेछ भन्ने कुरा बल्ल बुझें ।' चलचित्र 'हाम्रो माया जुनी जुनीलाई' माथि कस्ले राजनिती गर्‍यो भन्ने कुरा उनले उल्लेख गर्न चाहेनन् ।

 

प्रदिप उदयले निर्माण गरेको चलचित्र 'हाम्रो माया जुनी जुनीलाई' गत कार्तिक ११ गतेबाट मोफसलका हलमा लागेको थियो । मोफसलमा राम्रो सफलता हात पारिरहेको सो चलचित्रमा श्रीकृष्ण श्रेष्ठ, रेखा  थापा तथा मुकेश ढकाल, नीता ढुङ्गाना, सुनिल थापा प्रमुख भूमिकामा छन् । काबिल फिल्मका लागि ब्रदर्श इन्टरटेन्मेन्टको प्रस्तुतीमा  निर्माण भएको  सो चलचित्रलाई नारायण कुमार पाण्डे ‘काबिल’, गंगा पौडेल र गोपाल पाण्डेले निर्माण गरेका हुन् ।