
अरूका श्रीमानले आफ्ना श्रीमतीहरूलाई छठ मनाउन सहयोग गरिरहेको आफ्ना आखाले देखेपछी अभिनेत्री रेखा थापाको आँखा आज त्यसै रसाएर आएका थिए जहाँ सूर्य देवताको पूजाका लागि छठ मनाउन गौरीघाटको खोला किनारामा उनी गायिका निशा सुनारसंग ब्यस्त थिईन् ।
रेखा आफ्नो मनोकांक्षा पूरा होस् भनि अस्ताउदो सूर्यसँग कामना गरिरहेकी थिईन् तर निर्माता समेत रहेका उनका पति छबि ओझाले उनको ब्यक्तिगत इच्छाहरूमा साथ नदिदा हरेक बर्षको छठलाई रेखा श्रीमान् विना मनाउने गर्छिन् । जुन निरन्तरता यसपलि पनि दाहोरियो । छठ मनाउदै गरेको अवस्थामा भेटिएकी रेखाले फिल्मीखबरसंग भनिन्, '१२ बर्षको उमेर हुदा देखि यो पर्व मनाएको हुँ । अझ विवाह पश्चात त मैले यो पर्व मनाउन कहिलै विर्सिएको छैन । तर श्रीमानले नै साथ नदिदा मन भने खिन्न हुदो रहेछ ।' उनले १६ बर्षको उमेरमा ३५ बर्षका छवि ओझासंग विवाह गरेकी हुन् ।

उनले मञ्जुको सहयोगमा विगत दश बर्षदेखि गौरीघाटमा घाट तयार गरी छैठ मनाउदै आएकी हुन् । सानो छँदा उनी मोरङ सलकपुरमा रहेको भुल्के खोलामा आमा र दिदीहरुसंग छैठ मनाउथिन् रे ! यस्तै पछिल्लो समय रेखासंग नजिकिएकी गायिका निशा सुनारले रेखाको आग्रहमा ब्रत बसि पहिलो पटक छैठ पूजा गरेकी हुन् ।