मिति : २०८१ वैशाख १८, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'हाम्रो माया जुनी जुनीलाई' को रेकर्ड

सुशील कार्की/युबराज निरौला, दमक, 2011/10/30

धेरै समय भयो नेपाली चलचित्रले उत्साहजनक व्यापार गरेको सुन्न नपाएको । निर्माताको अनुहारमा हाँसो नदेखेको पनि धेरै भयो । कार्तिक ११ बाट प्रदर्शनमा आएको चलचित्र 'हाम्रो माया जुनी जुनीलाई' ले पनि प्रदर्शनको दिन राम्रो व्यापार गर्न नसके पछि निर्माता केहि निराश देखिएका थिए तर शनिबार चलचित्रले अचानक उत्साहजनक व्यापार गरेपछि  निर्माता मात्र हैन सबै चलचित्रकर्मी खुसी छन् ।

 

चलचित्र 'हाम्रो माया जुनी जुनीलाई' पूर्वाञ्चलका डिसिएन जडित हलहरू निलकण्ठ चित्र मन्दिर दमक, कृष्णा चित्र मन्दिर बिर्तामोड, भिलेज सिनेमा उर्लाबारी, तृष्णा चित्र मन्दिर धुलाबारी, सुकुना चित्र मन्दिर विराटचोक, किरण झुम्का हलहरूबाट प्रदर्शनमा आएको थियो । प्रदर्शनको दोस्रो दिन शनिबार भएकोले तिनै सो हाउसफुल भएको थियो । निलकण्ठ हलका संचालक सञ्जु पराजुलीले जनाए अनुसार पुर्बमा अहिले सम्मकै दर्शकको अत्याधिक भिडले कलेक्सनमा समेत नयाँ रेकर्ड राखेको छ ।


'शनिबारको दिन मर्निङ शोमा अन्य चलचित्र हेर्न दर्शकहरु धेरै नै कम आउने गर्दथे तर चलचित्र 'हाम्रो माया जुनी जुनीलाई' को मर्निङ शोमा हेर्न आउने दर्शकहरु अत्याधिक भएर चलचित्रको शो निर्धारित समय भन्दा आधा घण्टा अगाडी शुरू गरियो',  हल संचालक पराजुलीले भने, '११:३० को शोमा चलचित्र हेर्न नपाएर लगभग ३०० जति दर्शक निरास भएर फर्किए भने केहि दर्शक अर्को शोको लागि अग्रिम टिकट काटेर प्रतिक्षामा बसेका थिए ।'


चलचित्र हेरी बाहिरिएका दर्शकसंग चलचित्रको बारेमा बुझ्दा अधिकांशले खुलेरै प्रसंसा गरेका थिए । यसरी नै यो चलचित्रले दर्शकको मन जित्दै जाने हो भने भोलिका दिनमा यो चलचित्रले नयाँ रेकर्ड राख्ने छ र हरेक निर्माता तथा चलचित्रकर्मीको मुहारमा चमक ल्याउने छ । चलचित्रको प्रोमोशनका लागि निर्माता प्रदिप उदय, निर्देशक ऋषि लामिछाने र नायक मुकेश ढकाल पोखराबाट चितवन हुँदै पूर्वी नेपाल प्रस्थान गर्दैछन् ।

 

 

यसैगरी निर्माता प्रदीप उदयले पहिलो दिन शुक्रबारको छोडी शनिबार मेजर सिनेमाहलबाट उठेको कलेक्सन रिपोर्ट टिपाएका छन् । जुन उत्साहजनक रहेको उनको ठहर छ । उक्त चलचित्र राजधानी बाहिरका  ४१ वटा सिनेमा घरमा प्रदर्शनरत छ ।  

 

विर्तामोड श्रीकृष्ण :  १ लाख २९ हजार 

दमक निलकण्ठ : १ लाख २२ हजार

उर्लावारी भिलेज सिनेमा : ६० हजार

धुलावारी कृष्ण टाकिज  : ३९ हजार 

नारायणघाट गणेचलचित्र : ८५ हजार 

ओम चलचित्र मन्दिर, हेटौडा :  ७१ हजार 

बुटवल चलचित्र मन्दिर :  ६१ हजार 

पोखरा बाराही क र ख :  १ लाख १७ हजार 

बाग्लुङ कालिगण्डकी :  ३८ हजार