मिति : २०८१ वैशाख २१, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पोखरामा दुई निर्माताको जुहारी

फिल्मीखबर, काठमाण्डौ, 2011/10/29

सञ्चारमाध्यममा निर्माताद्वय रोज राणा र प्रदिप उदय बिच चिसो पना छ भन्ने खबर धेरै आए र उनीहरूले स्पष्टिकरण पनि दिए । उनीहरूले जतिनै स्पष्टिकरण दिन खोजे पनि पछिल्लो घटनाले यि दुई बिच चिसोपना छ भन्ने कुराको पुष्टि गर्दछ ।

 

निर्माता राणाको चलचित्र 'म छु नि तिम्रो' र उदयको चलचित्र 'हाम्रो माया जुनी जुनीलाई' मोफसलका सिनेमा घरमा प्रतिष्पर्धामा उत्रेका छन् । दुबै चलचित्र भाईटिकाको दिन अर्थात शुक्रबारबाट प्रदर्शनमा आएका हुन् । चलचित्र एकै समयमा प्रदर्शनमा आएपछि भित्र भित्र कुंडिएका यि दुई निर्माता प्रोमोशनका लागि अहिले पोखरामा छन् । यहि कारणले पनि यि दुई बिचको द्वन्दले पक्कै उग्ररूप लिनेछ ।

 

चलचित्र प्रोमोशनका लागि रोज राणाको युनिट दुई दिन अघि नै पोखरा पुगेको थियो भने उदयको युनिट हिजो मात्र पोखरा पुगेको छ । राणा पोखरा पुगेपछि निर्माता उदय पनि किन पोखरा नै गए त ? प्रश्न आफैमा गम्भिर छ । फिल्मीखबरलाई प्राप्त जानकारी अनुसार 'हाम्रो माया जुनी जुनीलाई' को युनिट प्रोमोशनका लागि पूर्व जाने तयारी हुँदै थियो तर राणा पोखरा पुगेपछि यो युनिटले आफ्नो निर्णय बदलेर पोखरा पुगेको हो ।

 

अझ गजबको कुरा त यो छ कि यि दुबैको चलचित्र सँगसँगैको हलमा लागेका छन् । रोजको चलचित्र बिन्ध्वाबासिनी हलमा लागेको छ भने प्रदिपको चलचित्र बिन्ध्वाबासिनीसँगै जोडिएको बाराही हलको 'क' र 'ख' मा चलिरहेको छ । यसले पनि यि दुई निर्माताको रिसिवी बढ्नेमा दुई मत छैन । एकै नगरीमा दुई चलचित्र चल्दा र निर्मातालाई असर गर्छ भने अझ सँगै जोडिएका हलमा दुई नेपाली चलचित्र चल्दा असर नगर्ने त कुरै भएन ।

 

यसरी दुई निर्माता एकै स्थानमा अहिले आ-आफ्ना चलचित्रको प्रोमोशनमा व्यस्त छन् । रोज चलचित्रका निर्देशक मदन घिमिरेको साथमा पोखरा पुगेका हुन् भने निर्माता उदय निर्देशक ऋषि लामिछाने, नायक मुकेश ढकाल र अभिनेता सुनिल थापाको साथमा पोखरा पुगेका छन् । यि दुबै युनिटलाई अहिले पोखराका सञ्चारमाध्यमले पनि तानातान गरेका छन् । दुबैले चलचित्रको व्यापार राम्रो भएको प्रतिक्रिया पनि दिएका छन् ।