मिति : २०८१ वैशाख १७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

राजेन्द्र खड्गी पनि निर्देशक

फिल्मीखबर, काठमाण्डौ, 2011/10/26

राजनीतिमा भएको ब्यक्ति सरकार प्रमुख बन्नु उसको अन्तिम इच्छा हुन्छ, त्यसैगरी सरकारी निकायको उच्चमा पदमा रहेका कर्मचारी कुनै एक मन्त्रालयको सचिव पदमा पुग्नु उसको सपना हुन्छ । र यसैगरी चलचित्र उद्योगमा पनि कुनै विद्यामा संग्लग्न ब्यक्ति चलचित्रको निर्देशक बन्नु उसको सवैभन्दा ठूलो महत्वकांक्षा हुन्छ ।

 

यहि महत्वकांक्षालाई पूरा गर्न कलाकार समेत रहेका द्धन्द निर्देशक राजेन्द्र खड्गीले पनि चलचित्र निर्देशनमा हात हाल्ने भएका छन् । बाईस बर्षको चलचित्र यात्राको दौरानमा ३ सय बढी चलचित्रमा द्धन्द निर्देशक भएर काम गरिसकेका खड्गीले तिहार लगत्तै चलचित्र निर्देशकको समेत विशेषण पाउदैछन् । उनले निर्देशन गर्ने चलचित्रको नाम 'कालो चश्मा'  जुराईएको छ ।

 

पूर्ण एक्सन प्रधान चलचित्रका रूपमा निर्माण गर्न लागिएको सो चलचित्रलाई खड्गीले आफ्ना चेला हरि बिष्टसंग मिलेर निर्माण गर्न लागेका हुन् । जुन चलचित्रको पाँचवटा गीत रेकर्डिङ भैसकेको छ भने इन्ट्रोडक्सनको रूपमा सुसान्त कार्की अनुबन्धीत भैसकेका छन् । यस्तै सो चलचित्रमा रागिनी खड्गी, हरि बिष्टले पनि अभिनय गर्ने लगभग कन्फम भएको छ भने नायक रेश मरहठ्ठालाई पनि लिने योजना निर्माण युनिटको छ ।
 

 

'तिहार लगत्तै एक महिने यूरोप भ्रमणमा जाने योजनामा छु यदि गईन भने तिहार पछी म फिल्मको सुटिङ सुरू गर्छु, 'खड्गीले फिल्मीखबर समक्ष भने, 'यो मेरो ड्रिम प्रोजेक्ट हो ।'  फिल्मको बजेट पनि उच्चतम हुने उनले जानकारी दिए । सो चलचित्रको स्क्रिप्टको काम अन्तिम चरणमा पुगेको भन्दै खड्गीले भने, ' नेपाली चलचित्रको इतिहासमा एक्सनले भरिएको मुभि सायद कालो चश्मा नै पहिलो हुन्छ होला ।' चलचित्रको कथा सञ्चारकर्मी ध्रुब लम्सालले लेखेको खड्गीको भनाई छ ।