मिति : २०८१ वैशाख १८, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'हाम्रो माया जुनी जुनीलाई' पास

फिल्मीखबर, काठमाण्डौ, 2011/10/25

भाईटीकाको दिन देखि प्रदर्शन हुन लागेको चलचित्र 'हाम्रो माया जुनी जुनीलाई' ले युनिभर्सल सटिर्फकेट पाएको छ । आज बिहान चलचित्र जाँच पास समितिका सदस्यहरुले सो चलचित्र हेरिसकेपछी सवै बर्गका दर्शकले हेर्न मिल्ने गरी  निर्माण  भएको भन्दै 'यू' सर्टिफिकेट दिएको निर्माता प्रदिप कुमार उदयले जानकारी दिए ।

 

चलचित्रमा तीन स्थानमा लिप किस सिन भएपनि बोर्डले समय सापेक्ष ठान्दै उक्त दृश्य नकाटि सेन्सर सर्टिफिकेट दिएको हो । चलचित्रमा नीता ढुङ्गाना र सिरियल किसर हिरो मुकेशको लिप किस रोचकताका साथ प्रस्तुत गरिएको छ । यसैगरी चलचित्रमा नायक श्रीकृष्ण श्रेष्ठको एक्सनलाई पनि बोर्डले कुनै आपत्ति जनाएन । थ्रिलर एक्सन नभएका कारण सेन्सरले आपत्ति नजनाएको हुनसक्छ ।

 

मोफसलका करिब ४१ सिनेमा घरमा चल्न लागेको सो चलचित्रलाई ऋषि लामिछानेले निर्देशन गरेका हुन् । चलचित्रमा श्रीकृष्ण श्रेष्ठ, रेखा  थापा तथा मुकेश ढकाल र नीता ढुङ्गाना प्रमुख भूमिकामा छन् । काबिल फिल्मका लागि ब्रदर्श इन्टरटेन्मेन्टको प्रस्तुतीमा  निर्माण भएको  सो चलचित्रलाई नारायण कुमार पाण्डे ‘काबिल’, गंगा पौडेल र गोपाल पाण्डेले निर्माण गरेका हुन् ।