बाइस बर्षदेखि नेपाली चलचित्र उद्योगमा निरन्तर सक्रिय रहेका महानायक राजेश हमाल कहिलै अरूको कुरामा लागेनन् । सोही कारणले उनी अन्य कलाकार भन्दा फरक उपमाले पनि चिनिए । पर्सनल लाईफ र प्रोफेशनल लाईफलाई भिन्न तरिकाले प्रयोग गर्दै आएका यि नायक सवैको कुरा सुन्ने र अन्तमा आफ्नो निर्णय गर्ने कलाकार पनि हुन । तर कसैको कुरा नसुन्ने यि हिरो १९ बर्षे युवा ज्योतिष हरिहर अधिकारीको भनाईमा लाग्दै आफ्नो प्रेमयात्रालाई बीचमै छाड्ने मनस्तिथिमा पनि पुगे । जुन खबर केही साताअघि छापामा माध्यममा पनि छाएको थियो ।
हमालको धरानकी मधु भट्टराई नाम गरेकी युवतीसंग अफएयर छ । यस अघि उनको प्रेमिका विराटनगरकी मधु केसी हुन भनेर खबरहरू बाहिर आएको थियो । तर ती युवतीको थर र ठेगाना गलत भएको स्रोतले दावी गरेको छ । मधु हाल काठमाण्डूको बाँसबारीमा बस्छिन् । उनी पहिला दिदीसंग बस्थिन तर केही महिना देखि उनी एक्लै बस्न थालेको स्रोत दावीका साथ भन्छ । 'राजेशले आफ्नी प्रेमिकालाई बाँसबारीमा फल्याट र स्कुटी पनि किनिदिएका छन् ' स्रोत भन्छ ।
हाल हमाल नेपाल बाहिर छन् उनी तिहार मनाउन अमेरिका गएको भिनिए पनि विभिन्न खबरअनुसार उनी अन्य मूलुक घुम्नमा ब्यस्त छन् तर यो कुरा पुष्ट भैसकेको छैन । उनी दुई दीदीको हातबाट भाई टीका लगाउन गत दशैको छेकोमा अमेरिका गएका थिए । अमेरिका जानु केही दिन अघि एक कार्यक्रमका लागि दुबई गएका हमालले त्यहाँ आईफोन किनेका थिए । उनले मोबाईल बोक्न छाडेको झण्डै एक दशक भएको थियो । तर विदेशमा रहदा प्रेमिका मधुसँग नजिक रहन उनले सो आईफोन किनेको बुझिएको छ ।
हमालले २०५९ सालमा तत्कालिन राजा ज्ञानेन्द्रले कु गरेपछी मोबाईल बोक्न छाडेका थिए । भ्याकेशनमा रहेका हमालले नयाँ आईफोनबाट हरेक दिन मधुलाई फोन समेत गर्ने गरेको स्रोत भन्छ । मधु दशै तिहार मनाउनका लागि हाल गृहनगर धरानमा छिन् । उनी तिहार लगत्तै काठमाण्डू फर्कने बताईएको छ । अमेरिकाबाट हमाल कार्तिक १४ गते फर्कने सेड्वील छ जसको स्वागतका लागि उनी स्वयम त्रिभुवन अर्न्तराष्टिय विमनास्थल पुग्ने बुझिएको छ । मधुको फोटो केही दिनमा सार्बजनिक गर्ने छौ ।

