मिति : २०८१ वैशाख १९, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

लामो तीर मार्न चलचित्र बनाएको हैन - निर्देशक लामिछाने

फिल्मीखबर, काठमाण्डौ, 2011/10/24

'मेरो गोरूको बार्‍है टक्का' भन्ने उखान अधिकांश चलचित्रकर्मीमा लागु हुन्छ । चलचित्र जस्तो बने पनि प्राय चलचित्रकर्मीले आफ्नो चलचित्रलाई फरक भन्ने गर्दछन् । अझ दर्शकले चलचित्र नरूचाउँदा नरूचाउँदै पनि निर्माता निर्देशकहरू आफ्नो चलचित्रलाई 'सुपर' भन्न लाज मान्दैनन् । यो भिडबाट थोरै पर रहेर निर्देशक ऋषि लामिछानेले भने आफ्नो चलचित्र फरक नभएको बताएका छन् ।

 

कार्तिक ११ गते सार्वजनिक हुन लागेको चलचित्र 'हाम्रो माया जुनीजुनीलाई' निर्देशन गरेका ऋषिले आफूले लामो तीर मार्न चलचित्र नबनाएको बताए । पूर्ण रूपमा व्यवसायिक चलचित्र बनाएको बताउँदै ऋषिले भने, 'मेरो चलचित्र नयाँ धारको हैन । हामीले त नेपाली दर्शकलाई लक्षित गरि मसला फिल्म बनाएका हौं ।' माया गर्न नजानेका व्यक्तिहरूलाई माय गर्न सिकाउने र मायामा बाँचेकाहरूलाई अझ माया गर्न सिकाउने चलचित्र बनाएको ऋषिको भनाई छ ।

 

चुलेसीमा लात हान्दा घाउ आफैलाई हुने बताउँदै नायक श्रेष्ठले लचित्रको बारेमा बजारमा चलेको नकारात्मक हल्लाको पछाडी नदौडन सञ्चारकर्मीलाई आग्रह गरे । यस्तै निर्माता प्रदिप उदयले पनि चलचित्र व्यवसायका लागि बनाएको बताउँदै सञ्चारकर्मीको साथ र सहयोगको अपेक्षा गरे । सोमबार राजधानीमा चलचित्रको बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा नायक मुकेश ढकाल, नायिका नीता ढुंगाना, अभिनेता सुनिल थापा, लेखक शिबम अधिकारी, सिनेमाटोग्राफर संजय लामा, करियोग्राफर गोबिन्द राई तथा निर्माता नारायण पाण्डेले चलचित्रको बारेमा बोलेका थिए ।

 

चलचित्र मोफसलका करिब ४१ सिनेमा घरमा चलचित्र लाग्ने भएको छ । राजधानीमा भने यहि कार्तिक १८ गते मात्र चलचित्र रिलिज हुनेछ । चलचित्रमा श्रीकृष्ण श्रेष्ठ, रेखा  थापा तथा मुकेश ढकाल र नीता ढुङ्गाना प्रमुख भूमिकामा छन् ।