Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दिप्तीले फिल्म नखेल्ने

फिल्मीखबर, काठमाण्डौ, 2011/10/19

एसएलसी परिक्षा दिएपछी नतिजा नआउन्जे सम्मको समयलाई सदुपयोग गरी चलचित्र 'के म तिम्रो साथी बन्न सक्छु' मा मुख्य भूमिकामा अभिनय गरेकी नवनायिका दिप्ती गिरीले आउँदो दुई बर्ष सम्म कुनै पनि चलचित्रमा अभिनय नगर्ने निर्णय गरेकी छिन् । फिल्मीखबरसंग कुरा गर्दै उनले भनिन्, परिवारको आग्रहमा प्लस टू नसकेसम्म कुनै फिल्म खेल्ने छैन तर कहिलै फिल्म खेल्दिन भन्ने चाहि हैन ।'

 

दिप्तीलाई प्रोड्यूसर कृषा चौलागाईको प्रोजेक्टमा निर्देशक सविर श्रेष्ठले फिल्मी ब्रेक दिएका हुन् । दिप्ती अहिले बबहरमहलमा रहेको  मेघा कलेजमा  कक्षा ११ मा विज्ञान विषय लिएर अध्ययनरत छिन् । उनले सामाखुशीमा रहेको स्कलर्स होम एकेडेमीबाट एसएलसीमा विशिष्ट श्रेणी ल्याएर पास गरेकी थिईन् । 'नेपाली चलचित्र उद्योगमा शिक्षित ब्यक्तिहरू आउनु पर्छ भन्ने मान्यताका साथ मैले पनि आउदो दुई बर्ष पर्ढाईलाई जोड दिएकी हुँ जुन कुरा मेरो फ्यामेलीलाई पनि खुशी लागेको छ', उनले भनिन् ।

 

दिप्ती विगत दश बर्ष देखि बालकलाकारको भूमिकामा विभिन्न टेलिचलचित्र र चलचित्रमा अभिनय गरिरहेकी थिईन् । उनी टम एण्ड जेरी भन्ने कार्टुन प्रोग्रामको पनि भिजे थिईन् । सोही कार्यक्रमबाट उनी बालबालिका माझ निकै प्रख्यात पनि भएकी थिईन् । उही दिप्ती आज हिरोईन भएकी हुन् र आउँदो दुई बर्ष सम्म अन्य चलचित्रमा अभिनय नगर्ने निर्णय गरेकी हुन् ।



दीपाले चिनिन दिप्तीलाई


तीन बर्ष अघि भाईटीकाको अबसरमा हास्य टेलिश्रृङखला तितो सत्यमा अभिनय गर्दा दिप्ती निकै सानी थिईन् । उनले त्यतिबेला तितो सत्यमा दीपाको छोरा बनेका राज आचार्यलाई भाईटीका लगाईदिएकी थिईन् । सानै उमेरमा सुन्दर वर्ण भएकी दिप्तीको उमेरसँगै सुन्दरतामा पनि निखार आउँदै गयो । जसकारण तीन बर्ष पछी आज दीप्तीलाई देख्दा अभिनेत्री दीपा श्री निरौला तीन छक्क परिन् ।

 

दिप्ती कृषा चौलागाईसंगै पशुपति आर्यघाटमा दीपक रायमाझी प्रति अन्तिम श्रद्धाञ्जली अर्पणका लागि पुगेकी थिईन् तर दश मिनेट सम्म एकै स्थानमा कुरा गरिरहदा सम्म पनि  दीपाले दिप्तीलाई चिनिनन् तर दिप्तीले भने दीपालाई नियाली रहेकी थिईन् । प्रसंग बस दिप्तीको नाम त्यहा उच्चारण भएपछी दीपा तीन छक्क परिन् र भनिन्, 'तिमी नै हौ   मेरो दिप्ती ?' त्यसपछी दीपाले दिप्तीलाई अंगालो मार्न थालिन र उनको तारिफ गर्न थालिन् ।

 

यस्तै सोही स्थानमा भेटिएका दीपक राज गिरीलाई  भने दिप्ती चिन्न कुनै गाह्रो परेन  । बरू उल्टै भन्दै थिए, 'सवैले दिप्ती मेरो छोरी भन्ठान्छन् उनी मेरो छोरी जस्तै हुन् तर रगतको र्साईनो भने चाहि  हैन ।'