'बरु पैसा तिर्न डराउन्न तर रेखा फिल्मसले क्वालिटीमा कर्मप्रमाईज गर्दैन' अभिनेत्री रेखा थापाको होम प्रोडक्सनको छैठौ चलचित्र रावणको सुटिङ्ग भैरहेको बेला उनले बॊलेको कुरा हो । जुन बोलाईमा उनको पति एवं सोही चलचित्रका निर्माता छविराज ओझाले पनि हो मा हो मिलाउछन् ।
छवि भन्छन् 'फिल्म भनेको देखाएर गरिने बिजनेश हो, त्यसैले राम्रा कुरा देखाउन म कन्जुसाई गर्दिन ।' दशैको एक हप्ते ब्रेक लिएर आजबाट पुनः छायाकंन सुरु गरिएको 'रावण'को एक गीत र क्लाईमेक्स सिन खिच्न बाँकी छ । जसका लागि रावणको टोली बिहिबार नारायणघाट पुगेको छ । जहा हिरोईन रेखा र उनका दुई नयाँ हिरो किशोर बुढाथोकी र सविन श्रेष्ठ पनि संगै छन् । चलचित्रलाई कलाकार कमलकृष्णले डेब्यू फिल्मको रुपमा निर्देशन गरिरहेका छन् । जसका लागि उनले भने अनुसारको लोकेशन रेखा फिल्मसंग डिमान्ड गरिरहेका छन् र हिरोईन रेखालेपनि कमलकृष्णको डिमान्ड पुरा गरिरहेकी छिन् ।
जस अनुरुप चलचित्रको थोरै सिनका लागि सवैभन्दा महंगो छायाकंन भोली हुदैछ । नारायणघाटको स्थानीय होर्टी कल्चरमा हुन लागेको एक गीत छायाकंनका लागि रेखाले प्रतिघण्टा ४२ हजारमा जेनतेन मिलाईन । जहाँ उनका डिमान्ड अनुसार होर्टीकल्चर साहुले औषधीको प्रयोगले बगैचाभर फूल फुलाईदिने छन् । गीतका आधा भन्दा बढी सिन निर्धारित एक घण्टामा भित्र सक्नु पर्नेभएकाले भोली हुने छायाकंनका लागि रेखा केही डिष्टर्व पनि छिन् । तर नृत्य निर्देशक शंकर विसीले निर्धारित समयमै काम सक्ने बाचा दिएकाले उनी केही खुशी पनि छिन् तर सुटिङ्ग न हो भनेको बेला कहाँ सकिन्छ र काम ? यदि नृत्य निर्देशक बिसीले ढिला गरे रेखाले तिर्नु पर्नेछ धेरै दाम ....