
दुबई भोलन्टियस्र ग्रुप र बक्स अफिस म्यागजिनले गत शुक्रबार नेपाली कालाकारलाई रिक्रिएसन सेन्टरमा फुटवल खेलाएको खबर त सवैलाई थाहा छ । तर सास्कृतिक कार्यक्रममा समेत सहभागीता जनाउने उद्देश्यले पुगेको उक्त टोलीका केही सदस्यलाई भने साहजा एयरपोर्टमा निकै सास्ती खेप्नु परेको खबर प्राप्त भएको छ ।
नेपालबाट राजेश हमाल, श्रीकृष्ण श्रेष्ठ, रेखा थापा, दीपक राज गिरी, दीपाश्री निरौला, सुमन सिह , सुनिल थापा , दिनेश डीसी गायिका निशा सुनार, बद्री पंगेनी र केही साचारकर्मी बिहिबार मध्यान्न दुवई प्रस्थान गरेका थिए । तर उक्त टोलीमा नेपालबाट गएका दुई रंग पत्रकार दीपेन्द्र लामा र कृष्ण भट्टराईलाई भने एयरपोर्टमा खटिएका सुरक्षाकर्मीबाट भने निकै सास्ती खेप्नु पर्यो । यस्तै महानायक राजेश हमाललाई पनि विमानस्थलका सुरक्षाकर्मीले केही समय केरकार गरेको खबर प्राप्त भएको छ । ढिला गरी प्राप्त खबर अनुसार राजेश हमालको भिसामा बुवाको नाम हुनु पर्नेमा भाईको नाम त्यसैगरी नागरिक दैनिकका पत्रकार दीपेन्द्र लामाको बुवाको नाम दुई स्थानमा दोहोरिको तथा कान्तिपुर साप्ताहिका कृष्ण भट्टराईको नाम कम्पूटरले रिड नगरेर उनीहरु घण्टौ सम्म विमानस्थलका सुरक्षाकर्मीको केरकारमा परेका थिए । यस्तै दीपेन्द्र लामा भने सवैभन्दा धेरै ६ घण्टा केरकारमा परेको बताईएको छ । तर यस विषयमा बुझन खोज्दा पत्रकार लामाले १० मिनेट मात्र आफूलाई केरकार गरिएको प्रतिक्रिया दिएका छन् । तर किन र के कारणले भन्ने बिषयमा उनी बोल्न चाहेनन ।
.jpg)
। तर नामका विषयमा उक्त लफडा कसका कारणले उब्जियो भन्ने कुरा यकिनका साथ खुलाईएको छैन । पछिल्लो बर्ष विदेशमा नेपाली कार्यक्रम हुने लहरसंगै उक्त कार्यक्रम आयोजना गरिएको थियो तर अन्य देशका कलाकारहरु उपस्थित हुदा ५ हजार दर्शक भरिने कार्यक्रम हल नेपाली कलाकारहरु पुग्दा भने मुस्किलले एक हजार मात्र भएको बुझिएको छ । जसकारण नेपाली कलाकारहरु विदेशमा हुने कार्यक्रमको स्तर नबुझि तथा आयोजकको बारेमा पर्याप्त जानकारी नलिईकन पुग्ने हुदा यस्ता घटना हुने गरेका हुन । नभए नेपालका सुपरस्टार राजेश हमालको विवरण समेत गल्ती टिपाईदिनुले आयोजकको हैषियत एक रुपैयाको पनि नभएको सजिलै अनुमान लगाउन सकिन्छ ।
तस्बिर: साभार नागरिक दैनिक / कृष्ण भट्टराई फेसबुक