मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

सबैले पैसा माग्छन् : हसन खान

फिल्मीखबर, काठमाण्डौ, 2011/10/01

पैसा तिरेरै हिरो हुने भूत जागेको भए नवनायक हसन खानले अहिले सम्म दर्जनौ चलचित्रमा अभिनय गरिसक्थे । भुवन केसीको चलचित्र 'साथी म तिम्रो' मा गेष्ट अपिरेन्स र नाईट क्वीनमा स्पेशल भूमिकामा आफूलाई प्रस्तुत गरिसकेका खानले पैसा हालेर आफू नायक हुने पक्षमा नरहेको बताएका छन् । 

 

हाल कतारको एक कार कम्पनीमा म्यानेजर पदमा कार्यरत खानलाई फिल्मीखबरले तपाई नायकको रूपमा सशक्त भएर देखा पर्न नसक्नु कारण के होला भनी सोधेको प्रश्नमा उनले फिल्म खेल्न आफूलाई धेरैले अफर गरेको तर भेट्न जाँदा पारिश्रमिक दिनुको साटो उल्टै लगानी गर्न निर्माता निर्देशकले आग्रह गरेको बताए । निर्माता निर्देशकको आग्रह बमोजिम पैसा लगानी नगरेपछि आफू हिरोको रूपमा स्थापित हुन नसकेको उनले प्रतिक्रिया दिए ।

 

नेपालमा पैसा खन्याएकै भरमा हिरो हुने धेरै कलाकार छन् र फिल्म मेकरको लहैलहैमा लागेर आफूलाई रित्ताएका धेरै उदाहरण पनि छन् । जसको पछिल्लो शिकार हसन हुन् । जुन कुरा उनलाई निकै नमिठो लाग्यो रे । भनेपछी यस्ता प्रस्तावले तपाई हतोत्साही भएको हो त भन्ने अर्को प्रश्नमा उनले हतोत्साही भन्दा पनि स्तब्ध भएको प्रतिक्रिया दिए ।

 

नेपाली चलचित्र उद्योगमा मुस्लिम समुदायबाट पहिलो पटक नायक भएका हसन केही चलचित्रकर्मीको यस किसिमका प्रस्तावबाट स्तब्ध हुनु स्वाभाविक हो । जुन कुरालाई हसन जस्तै नवकालाकरहरू एक जुट भई अन्त्य गर्न जरूरी देखिन्छ ।