मिति : २०८२ वैशाख २४, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

तान्त्रिकका बिषयमा विवाद

अनुप भट्टराई, काठमाण्डौ, 2011/09/29

मंसिरमा रिलिज हुन लागेको चलचित्र 'प्लान' का निर्देशक सोभित बस्नेत तथा डिस्को जक्की किचमान चित्रकार 'डिजे तान्त्रिक' बीच नामका बिषयमा ठूलो विवाद भएको छ । डिजेहरुको कथालाई समेटिएर निर्माण गरिएको चलचित्र 'प्लान' मा सोभित डिजे तान्त्रिकको भूमिकामा छन् । जुन खबर थाहा पाएपछि सोभित र किचमानको फोनमा निकै ठूलो विवाद भएको हो । 

 

आफू सेलिब्रेटी भएपछी  सोभितले स्वीकृती बेगर चलचित्रमा आफ्नो नाम  डिजे तान्त्रिक राखेको भन्दै किचमानले फोन मार्फत फिल्मबाट त्यो नाम हटाउन सोभितलाई आग्रह गरेका थिए । जसको आग्रह सोभितलाई चित्त नबुझेपछी यी दुईको फोनमा मुखछाडाछाड भएको थियो । शुक्रबार एक साप्ताहिक पत्रिकामा सार्वजनिक भएको समाचार भोली पल्ट पढेपछी किचमानले शोभितलाई शनिबार दिउसो फोन मार्फत आफ्नो नामलाई त्यसरी फिल्ममा प्रयोग गर्ने अधिकार कसैसंग नभएको बताएका थिए ।

 

तान्त्रिकको आग्रहलाई फिल्म भित्रका तान्त्रिक सोभितले ठाडै अस्विकार गरिदिएका छन् । जसको लफडालाई लिएर किचमान अदालतको ढोका ढकढक्याउने सुरसारमा छन् भने सोभित त्यस विषयलाई फेस गर्ने पक्षमा छन् । 'मैलै यस अघि राज भन्ने चलचित्र बनाए के अब सवै राज नाम गरेका ब्यक्तिले म संग निहु खोज्ने ?', सोभित भन्छन्, 'प्लान चलचित्रमा ४२ जना डिजे छन् अब कसैको नाम कसैसंग मिल्न गयो भन्दैमा विवाद झिक्ने कुरा हुन्न ।'

 

उता किचमान भने आफ्नो नाम मात्र हैन प्रोफेसन समेत मिलेकाले आफूले आपत्ति जनाएको बताएका छन् । उनी भन्छन्, 'नाम र प्रोफेशनको कुरा फिल्मको लिवर्टीसंग पनि दाज्न मिल्दैन । जुन कुरा सोभित जी जस्तो ब्यक्ति आफैले बुझ्नु पर्ने हो ।'  किचमान चित्रकार एक भिडियो काण्डमा मुछिएका ब्यक्ति हुन् । जो पछिल्लो समय विभिन्न चलचित्रमा संगीत पनि भरिरहेका छन् ।

 

यस्तै यसै बिषयमा केन्द्रित रहेर एक चर्चित सिने समिक्षकलाई सोधिएको प्रश्नमा उनले नाम नखोल्ने सर्तमा भने, 'जव कुनै ब्यक्ति आफ्नो  नामले देशमा परिचित हुन्छ भने उसले आफ्नो नामको अधिकार प्रति प्रश्न उठाउन सक्छ । चाहे त्यो सकारात्मक प्रबृतिले चिनिएको ब्यक्ति होस वा नकारात्मक ।' तर संयोगले चलचित्रमा यसरी नाम जुध्यो भन्दैमा कानुनी प्रक्रियाको लफडा छाडी आपसी सम्झौतामा  विवाद अन्त्य गर्नु नै दुवै पक्षलाई फाईदा हुने ती समिक्षकको धारणा छ ।

 

फिल्ममा समावेश नामका विषयमा हलिउड र बलिउडमा पनि थुप्रै विवाद भएका छन् । तर नेपालमा भने सम्भवत पहिलो पटक यसरी विवाद उत्पन्न भएको हो । जुन विवाद चर्कने निश्चित छ ।

Most Visited News (monthly)