मिति : २०८२ वैशाख २४, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सापकोटा र शेष सेन्सर बोर्डबाट निष्काशित

फिल्मीखबर, काठमाण्डौ, 2011/09/27

नयाँ सञ्चार मन्त्रीको नियुक्तीसँगै सेन्सर बोर्डका दुई सदस्य चेतन सापकोटा र लक्ष्मण शेषलाई बोर्डको सदस्य पदबाट हटाईएको छ । सञ्चारमन्त्री जेपी गुप्ताको दबाबका कारण मंगलबार साँझ यि दुई सदस्यलाई निष्काशित गरिएको हो ।

 

राजनैतिक नियुक्ती हुने सो सेन्सर बोर्डमा माओवादी निकट मानिएका सापकोटा र शेषको स्थानमा जेपी गुप्ताले आफ्नै पार्टीका दुई गैर्‍ह चलचित्रकर्मीलाई नियुक्त गरेको बुझिएको छ । नियुक्त हुने व्यक्तिको नाम नखुले पनि एक महिला र एक पुरूष रहेको जानकारी फिल्मीखबरलाई प्राप्त भएको छ । सापकोटा र शेषलाई माओवादीको सरकारले दुई बर्षको लागी नियुक्त गरे पनि फोरम गणतान्त्रिकका अध्यक्ष जेपी गुप्ताले आफ्नै पार्टीको व्यक्ति बोर्डमा नियुक्त गरेका हुन् ।

 

बोर्डबाट एक्कासी निस्काशित गरे पछि चेतन सापकोटाले बिना कारण जबर्जस्ती आफूहरूलाई निकालेको बताए । उनले भने, 'हामीलाई दुई बर्षको लागी नियुक्त गरिएको हो तर मन्त्रीले जबर्जस्ती निकाले ।' आफूहरूलाई नियुक्त गरेको माईनट नपढि मन्त्रीले निस्काशित गरेकाले एक पटक सो माईनट पढ्न सापकोटाले मन्त्रीलाई आग्रह समेत गरे । यता माओवादीले नै नियुक्त गरेको एक महिलालाई भने मन्त्रीले हटाएका छैनन् । कारण उनी माओवादी अध्यक्ष पुष्पकमल दाहालको नातेदार हुन् ।

 

यता चलचित्र बिकास बोर्डका अध्यक्ष गणेश भण्डारी पनि माओवादीकै सिफारिसमा बोर्डमा आएका हुन् । उनलाई पनि मन्त्री गुप्ताले कुनै दिन निष्कासित नगर्लान् भन्न सकिन्न । किनकी विकास बोर्ड तथा सेन्सर बोर्ड राजनैतिक नियुक्तीमा चल्ने संस्था हुन् ।

Most Visited News (monthly)