मिति : २०८२ वैशाख २३, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चलचित्र पत्रकार संघलाई 'राज' को सहयोग

फिल्मीखबर, काठमाण्डौ, 2011/09/19

पछिल्लो समय निष्क्रिय बनेको चलचित्र पत्रकार संघमा आर्थिक अभाव भएको कुरा थाहा पाएपछि चलचित्र 'राज' का निर्माताहरूले आर्थिक सहयोग गर्ने भएका छन् । काठमाण्डौको सबैभन्दा बढि पैसा जुन हलबाट निर्मातालाई आउँछ त्यो पैसा संघलाई दिईने भएको छ ।


सोमबार राजधानीमा चलचित्रको बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा निर्माताद्वय मोहनकृष्ण श्रेष्ठ र गजेन्द्र रञ्जितले चलचित्र 'राज' चलेको पहिलो दिनको एक हलबाट निर्मातालाई आउने सम्पूर्ण रकम संघलाई सहयोग गर्ने बताएका हुन् । संगीतकार शम्भुजित बाँस्कोटाको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा निर्माताले यसरी संघलाई आर्थिक सहयोग गर्ने निर्णय गरेपछि उपस्थित चलचित्रकर्मीले निर्माता तथा निर्देशकको खुलेर प्रशंसा गरे । त्यसैगरी निर्माताले आर्थिक सहयोग गर्ने बताए पछि संघका सदस्यहरू खुसी छन् ।

 

शोभित बस्नेत निर्देशित चलचित्र 'राज' यहि शुक्रबारबाट देशभरका सिनेमा घरमा रिलिज हुँदैछ ।  चलचित्रमा अभिनेता शिब श्रेष्ठ खलपात्रको भुमिकामा प्रस्तुत भएका छन् भने नायिका रेजिना उप्रेती दोहोरो भुमिकामा प्रस्तुत भएकी छिन् । रेजिनाले दोहोरो भुमिका निर्वाह गरेको यो पहिलो चलचित्र हो । यसका साथै यस चलचित्रमा विराज भट्ट, सिर्जना बस्नेत, जयकिसन बस्नेत, रवीन्द्र खड्का, सुनिल थापा, कुशल थापा लगायतले अभिनय गरेका छन् ।

 

शम्भुजित बाँस्कोटाको संगीत रहेको चलचित्र 'राज' को कथा सञ्चारकर्मी ध्रुव लम्सालले लेखेका हुन् । माता मनकामना फिल्म प्रोडक्सनको व्यानरमा मोहनकृष्ण श्रेष्ठ र गजेन्द्र रञ्जितले संयुक्त रूपमा निर्माण गरेको सो चलचित्र एक्सन प्रधान छ ।

Most Visited News (monthly)