मिति : २०८२ वैशाख २३, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पूर्वेलीको प्रयास 'म तिम्रो भईसकें'

अर्पण ढकाल, धरान, 2011/09/19

गत चैत्र/बैशाख महिनामा चलचित्र 'म तिम्रो भईसकें' को पूर्वको बिभिन्न रमणिय स्थान हरुमा छायांकन गरिएको थियो । चलचित्रको छायांकन पूर्वमा बिरलै हुने गरेकोले सो चलचित्रले छायांकनकै क्रममा पूर्वेली दर्शकको ध्यान चलचित्र तर्फ तान्न सफल भएको थियो । अहिले प्रदर्शनको संघारमा रहेको सो चलचित्रलाई पूर्वेली दर्शकहरूले प्रतिक्षा गरेर बसेको पाईएको छ ।
 

दशैंको अवसरमा प्रदर्शनमा आउन लागेको चलचित्र 'म तिम्रो भईसकें' लाई पूर्व बिराटनगरकै बिकाश आचार्यले निर्माण निर्देशन गरेका हुन् । चलचित्र लेखनबाट चर्चित बनेका आचार्यले निर्देशन गरेको यो तेस्रो चलचित्र हो । उनले निर्देशन गरेको दोस्रो चलचित्र 'नाइ नभन्नु ल' को सफलतापछि अधिकांश पुरानै टिमलाई 'म तिम्रो भईसकें' मा दोहोर्याएका छन् । आचार्यले अब 'तिमी मेरी बन्नु ल' निर्देशन गर्ने भएका छन् । छिट्टै नै छायांकनमा जाने योजना बनाएका निर्देशक आचार्यले कथा पनि तयार पारि सकेको जानकारी दिए ।


असोज १३ गते राजधानी बाहिरका सिनेमा घरमा प्रदर्शन हुने भनिएको सो चलचित्रमा जीवन लुईटेल, ऋचा सिंह ठकुरी, अयुब केसी, उत्तम केसी, विज्ञान सापकोटा, प्रतिष्ठा प्रर्साई, रामकृष्ण बजगाई लगायतको अभिनय रहेको छ । चलचित्रका नायक जीवन र अयुब पनि पूर्व बिराटनगरकै हुन् । तसर्थ चलचित्रमा पूर्वेलीको सहभागिता राम्रै रहेको छ ।

 

बसन्त सापकोटाको संगीत रहेको चलचित्रमा दिपक लिम्बु र रजिना रिमालले गाएको शिर्ष गितले यतिबेला दर्शक श्रोताको मन जितिरहेको छ । पूर्वका स्थानीय एफएम र टिभी कार्यक्रमहरुमा चलचित्रको सो गीतको रोजाई अत्यधिक हुने गरेको सम्बन्धित संचारकर्मीहरु बताउछन् । वान टाईम सिनेमा प्रालिको ब्यानरमा निर्माण भएको सो चलचित्रमा पूर्वको धरान, बिराटनगर, चतरा, भेडेटार, तमोर लगायतको  स्थानका रमणिय दृश्य हेर्न सकिने छ ।

 

चलचित्र धरानको गणेश टाकिज, दमकको पाथिभरा चलचित्र मन्दिर, बिर्तामोडको अन्नपूर्ण टाकिजबाट प्रदर्शनमा आउने छ । रेड क्यामेराले छायाँकन गरिएको चलचित्र 'म तिम्रो भईसकें' मा साधारण प्रेमकथालाई रोचक शैलीमा प्रस्तुत गरेको निर्देशक आचार्यले बताए । आफुले निर्देशन गरेको अघिल्लो चलचित्र भन्दा यसमा अझ बढी मेहनत गरेकोले चलचित्र उत्कृष्ट बनेको उनको दाबी छ । दसैंको अवसरमा दर्शकलाई राम्रो चलचित्र दिएर आफु आशिर्वाद लिन उत्सुक रहेको आचार्यले बताए ।
 

Most Visited News (monthly)