मिति : २०८२ वैशाख २३, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आउँदैछ एक दिन एक रात

फिल्मीखबर, काठमाण्डौ, 2011/09/19

सस्पेन्स तथा थ्रिलर चलचित्र भनिएको 'एक दिन एक रात' अब डिभिडी तथा भिसिडीमा हेर्न पाईने भएको छ । गत पुष महिनामा सार्वजनिक भएको सो चलचित्रको डिभिडी तथा भिसिडीलाई हाईटेक इन्टरटेन्मेन्टले आगामी शुक्रबार सार्वजनिक गर्दैछ ।

देवकुमार श्रेष्ठको निर्देशनमा बनेको सो चलचित्रले प्रदर्शनको सफलता पाउन नसके पनि डिभिडीबाट सफलता पाउनेमा हाईटेक इन्टरटेन्मेन्टका अध्यक्ष राजेन्द्र मानन्धर ढुक्क छन् । उनका अनुसार उच्च स्तरको क्वालिटीमा डिभिडी निकालिंदै छ । ५.१ सराउन्ड साउन्ड सिस्टममा डिभिडी निकाल्न लागेको बताउँदै मानन्धरले क्वालिटीको सिनेमा हेर्न चाहनेका लागी एक दिन एक रात उपयुक्त सिनेमा हुने बताए । भुतप्रेतको बिषयलाई समेटिएको सो चलचित्रको ब्याकग्राउन्ड साउन्ड डिभिडीमाबाट मज्जा लिन सकिने हुँदा पनि उनी राम्रो व्यापार हुनेमा ढुक्क छन् ।


चलचित्र 'एक दिन एक रात'मा अनुप बराल, गौरी मल्ल, बिएस राणा, विनय श्रेष्ठ, कर्मा, दिया मास्के, पूजा लामा, जसपर न्यौपानेलगायका कलाकारले अभिनय गरेका छन् । सडक दुर्घटनाको गाँठी कुरो पत्ता लगाउन टेलिभिजन पत्रकारको टोली काठमाडौंदेखि हेटौंडानजिकसम्म निस्केको कथालाई चलचित्रमा उतारिएको छ ।

हाईटेक इन्टरटेन्मेन्टले केहि समय अगाडी चलचित्र 'व्याच नं १६' को डिभिडी पनि बजारमा ल्याईसकेको छ । सो चलचित्रको डिभिडीको व्यापार राम्रो भएको राजेन्द्र मानन्धरको भनाई छ । यसैगरी दशैं लगत्तै हाइटेकले रेखा फिल्म्सको हिट चलचित्र 'हिफाजत' को पनि डिभिडी बजारला ल्याउँदै छ । शुक्रबारबाट बजारमा आउन लागेको चलचित्र 'एक दिन एक रात' को डिभिडी मूल्य रू २७५ राखिएको छ ।

Most Visited News (monthly)