मिति : २०८२ वैशाख २३, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भुकम्पले चलचित्रकर्मी भागाभाग, आकाश अधिकारी घाईते

फिल्मीखबर, काठमाण्डौ, 2011/09/18

आइतवार देशभरका स्थानमा भुकम्प जाँदा सारा देश नै त्रसित भएको छ । कयौं मानिसले ज्यान गुमाए भने कति घाईते भए । यहि क्रममा नेपाली चलचित्रकर्मीहरू पनि भागाभागको स्थितीमा पुगे । भागाभागाको क्रममा निर्देशक तथा नायक आकाश अधिकारी घाईते समेत भए ।

 

आइतवार बिहान देशका चलचित्रकर्मीले राष्ट्रिय चलचित्र दिवस मनाउने क्रममा प्रभातफेरी गरे । त्यसपछि साँझ बसन्तपुर डबलीमा दिपावली समेत गरेर भव्य रूपमा चलचित्र दिवस पनि मनाए । तर यो चलचित्र दिवस मनाउने क्रममा भुकम्प गएपछि चलचित्रकर्मीहरूको होस नै उड्यो । साँझ करिब साढे ६ बजे तिर बसन्तपुरमा दिवापली गर्न भेला भएका चलचित्रकर्मीहरू दिपावली गर्ने बित्तिकै भागाभागको अवस्थामा पुगेका हुन् । दिवापली गर्न चलचित्र विकास बोर्डका अध्यक्ष गणेश भण्डारी सहितका करिब एक सय चलचित्रकर्मी बसन्तपुरमा भेला भएका थिए ।

 

दिवापली गरेपछि पानी पर्दा बसन्तपुरको मन्दिर मुनि ओत लागेर बसेका चलचित्रकर्मीहरू भुकम्प आएपछि भागाभाग गरेका थिए । सोही भागाभाग गर्ने क्रममा निर्देशक आकाश अधिकारीको घुँडाको जोर्नीमा एक व्यक्तिले टेकेर गएपछि उनको खुट्टा फ्याक्चर भएको हो ।  भुकम्प आएपछि पानीमा भिज्दै चलचित्रकर्मी भागाभाग गरे भने केहि व्यक्तिले आकाशको खुट्टा समातेर बसे । केहि बेर प्राथमिक उपचार गरेपछि आकाशले आराम मिलेको बताएपछि उनी गाडी चढेर घर गएका थिए । उनले अब केहि दिन बेड रेस्ट गर्नुपर्ने भएको छ ।

 

यसरी भुकम्प आएपछि चलचित्रकर्मीहरू अझै डराई रहेका छन् । कतिले त फेसबुकमा भुकम्प गएको कुरा स्टाटसमा लेख्सै भाग्यले बाँचिएको कुरा उल्लेख गरेका छन् । साथै फेरि पनि भुकम्प आउन सक्ने भएकाले सबैलाई होसियार हुन आग्रह समेत गरेका छन् । चर्चित कलाकार हरिबंशले आफ्नो फेसबुक स्टाटसमा यस्तो कुरा उल्लेख गरेका छन् ' 6.8 Richter Scale (that's a strong quake, Can be destructive in areas up to about 160 kilometres (100 mi) across in populated areas.) KTM..needs to wake up to this call..Let's be serious about disaster preparedness.....What if....8.6??

 

देशमा यसरी भुकम्प आउँदा चलचित्रकर्मीहरूले सबैलाई राम्रोसँग बस्न समेत आग्रह गरेका छन् । फिल्मीखबर डटकम परिवार पनि यो अवस्थामा बिचलित नभई सुरक्षित भएर बस्न सम्पूर्ण नेपालीहरूलाई आग्रह गर्दछ र घाईते अधिकारीको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।

 

 

 

 

Most Visited News (monthly)