मिति : २०८२ वैशाख २३, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

राजेशले भित्र्याए नयाँ अनुहार

फिल्मीखबर, काठमाण्डौ, 2011/09/18

पछिल्लो समयमा निर्माता निर्देशकहरू नयाँ अनुहार खोज्नमा व्यस्त छन् । बिशेष गरी उनीहरू नायिकाको बढि खोजी गरिरहेका हुन्छन् । यहि नयाँ अनुहार खोज्ने मध्येका एक निर्माता राजेश घतानी पनि हुन् ।

 

चलचित्र 'बाटो मुनिको फूल' निर्माण गरेर राम्रो निर्माताको छबि बनाएका घतानी अहिले दोस्रो चलचित्र 'बितेका पल' को निर्माण तयारीमा छन् ।'बाटो मुनिको फूल' कै निर्देशक सुरज सुब्बाले निर्देशन गर्ने सो चलचित्रको हाल गीत रेकर्डिङको कामका साथसाथै कलाकार तथा प्राबिधिकको छनोटमा व्यस्त छन् । कलाकार छनोटकै क्रममा उनले सिक्किमबाट एक नव नायिका भित्र्याउँदै छन् ।

 

सिक्किमको नेपाली मुलकी स्मृती प्रधानलाई घतानीले आफ्नो चलचित्र मार्फत इन्ट्रोड्यूस गराउँदै छन् । हाल कानुन बिषयमा एलएलबी एच गर्दै गरेकी स्मृती चलचित्रमा अभिनय गर्नका लागि केहि दिन अगाडी नेपाल आईपुगेकी छिन् । राष्ट्रिय चलचित्र दिवस मनाउन समेत उपस्थित भएकी स्मृतीले नेपाली चलचित्रलाई सम्मान गर्ने बताउँदै 'बितेका पल' मा अभिनय गर्न पाउनु आफ्ना लागी खुसीको कुरा भएको बताईन् ।

 

निर्माता घतानीसँग थुप्रै स्टेज शोहरूमा काम कार्यक्रम सञ्चालिकाको रूपमा काम गरिसकेकी स्मृतीले चलचित्रकै लागि भनेर आफ्नो तौल पनि घटाउँदै छिन् । निर्देशक सुब्बाले भारतिय नायिका कैट्रिना कैफको जस्तो शरिर बनाए मात्र चलचित्रमा लिने बताए पछि उनी अहिले आफ्नो शरिर बनाउन लागि परेकी छिन् ।

 

निर्देशक सुब्बासँग काम गर्न पाउनु आफ्नो लागि खुसीको कुरा भएको बताउँदै स्मृतीले फिल्मीखबर समझ राम्रो काम गरेर देखाउने बाचा गरिन् । साथै उनले यस चलचित्र आफ्नो जीवनको टर्निङ प्वाईण्ट हुने बताउँदै निर्माता घतानीलाई बिशेष धन्यवाद दिईन् । चलचित्रलाई नै पेश नबनाउने बताउने यि सिक्किमे चेलीले राम्रो राम्रो चलचित्रमा अफर आएमा काम भने गर्ने बताईन् ।

 

तिहार पछि छायाँकनमा जाने चलचित्र 'बितेका पल' मा स्मृतीले नायक तथा गायक बाबु बोगटीसँग अनस्क्रिन रोमान्स गर्ने छिन् । कुमार लिम्बु र कृष रिजालको समेत लगानी रहने सो चलचित्रमा राजेश घतानीको गीत तथा बाबु बोगटी र डम्बर नेपालीको संगीत, संजय लामाको छायाँकन तथा गोबिन्द राईको नृत्य निर्देशन रहने छ ।
 

Most Visited News (monthly)