मिति : २०८२ वैशाख २३, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बसन्तद्वारा संगीत चोरी !

फिल्मीखबर, काठमाण्डौ, 2011/09/17

चलचित्र 'शिलशिला' को 'सागर सरी चोखो माया...' बोलको गीतमा संगीत दिएर रातारात हिट भएका संगीतकार बसन्त सापकोटा पछिल्लो समयमा निकै चर्चामा छन् । चलचित्र 'नैना रेशम' को 'ढल्क्यो ढल्क्यो...', 'कस्लाई दिउँ यो जोवन' को 'मायामा...', 'टक्कर दुई मुटुको..' को 'तिमी बिनाको जीवन...' र पछिल्लो समयमा संगीत बजार तताई रहेको चलचित्र 'म तिम्रो भईसकें' का गीतहरूमा संगीत दिएका बसन्त धेरैले रूचाएका संगीतकार हुन् ।

 

नेपाली संगीत बजारमा चर्चामा रहेका अधिकांश संगीतकारहरूलाई चोर संगीतकारको ट्याग लाग्ने गरेको छ । उनीहरूले सिर्जना गरेका संगीत बिदेशी कुनै न कुनै संगीतबाट प्रभावित भएको हुन्छ । यो मामिलाबाट बसन्त जोगिएका थिए । तर अहिले उनी पनि उही ड्याङका मुला जस्तै भएका छन् । हो, उनले सिर्जना गरेको एक चलचित्रको संगीत तामिल भाषामा बनेको एक चलचित्रको संगीतसँग मिलेको देखिन्छ ।

 

प्रसङ्ग हो फार मुभिजले निर्माण गरेको बहुप्रतिक्षित नेपाली चलचित्र 'अन्दाज' को । यहि आउंदो असोज १६ गते फुलपातीको दिनबाट सार्वजनिक हुन लागेको चलचित्र 'अन्दाज' को चर्चित गीत 'तिमी मलाई हात देउ' को संगीत तामिल भाषामा बनेको चलचित्र 'शिवाजी' को 'सहन..' बोलको गीतको शुरूवातको संगीतसँग हुबहु मिल्छ । अब यसलाई संयोग भन्ने कि चोरेको ?

 

यदि बसन्तले सो संगीतलाई आधार मानेर नै संगीत रचना गर्ने नाटक गरेका हुन् भने उनलाई चोर संगीतकार भन्दा फरक पर्दैन । तर यदि उनले रचना गरेको संगीत र चलचित्र 'शिवाजी' को संगीत मिल्नु संयोग हो भने बसन्तलाई बधाई दिनै पर्छ । कारण भारतिय चर्चित संगीतकार एआर रहमानसँग बसन्तको ट्युनिङ मज्जाले मिलेको देखिन्छ । अब बसन्तको ट्युनिङ  एआर रहमानसँग मिलेको हो या उनले ठाडै रूपमा संगीत चोरेको हो यो छुट्याउने जिम्मा दर्शकको ।

 

Most Visited News (monthly)