मिति : २०८१ वैशाख २५, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

इज्जत जोगाउँदै बेनिशा

फिल्मीखबर, काठमाण्डौ, 2011/09/16

बिहिबार नायिका बेनिशा हमाल निकै पिडित देखिन्थिन् । सधैं हँसिलो मुद्रामा देखिने 'स्वर' डेब्यू नायिका बेनिशाको अनुहारमा कुनै खुसी देखिन्थेन । लाग्थ्यो उनलाई कुनै ठूलो चोट परिरहेको छ । बिस्तारामा केहि सँग पनि नबोलि बस्दा के भएको होला भन्ने जिज्ञासा उत्पन्न भयो तर जब निधारमा सानो घाउ देखे पछि उनलाई घटेको घटनाको अनुमान लगाउन गार्‍हो भने परेन ।

बेनिशा दु:खि देखिनुको कारण अरू केहि नभएर आफ्नै श्रीमानको व्यवहार रहेछ । श्रीमानको रातदिनको तनावले गर्दा बेनिशाको मानसिक अवस्था पनि त्यति राम्रो भएको पाईएन । श्रीमानले जबर्जस्ती करणी गर्न खोज्दा बेनिशाले नमाने पछि कुटाई खानु परेको दु:ख साट्दै बेनिशाले आफूलाई यस्तो प्राय हुने गरेको बताईन् । सहनै नसक्ने अवस्थामा पुगे पछि श्रीमानबाट छुटकारा दिलाउन आफ्नै राजेश हमालले सहयोग गरेको यि पिडित हमाल नायिकाले बताईन् ।

बेनिशासँग केहि बेर दु:ख सुखका कुरा गरिरहेका बेला उनका श्रीमान निस्तेज निरौला अचानक आईपुगे । पूर्ण नशामा रहेका निरौलाले वरपर कसैको वास्ता नगरी बेनिशा माथि जाई लागे तर बेनिशाले इन्कार गरिन् । बेनिशाले इन्कार गरेपछि निस्तेजले बेहोसीमा बोले, 'म तेरो श्रीमान हो । मेरो चाहना पूरा गर्नु तेरो कर्तव्य हो ।' बिचरी श्रीमानबाट पिडित बेनिशाले रूंदै भनिन्, 'म आज थकित छु । मलाई आराम गर्न दिनुस् । मेरो चाहना पनि त बुझ्नु पर्‍यो नि । तपाईंसँग बिबाह गरेपछि म कहिल्यै न हाँस्न सकें न तपाईंलाई सुधार्न नै ।'


आखिरमा यस्तो भयो किन त ? के कारणले गर्दा यस्तो घटनाको सिर्जना भयो ? किन श्रीमानले बेनिशालाई जबर्जस्ती गर्न खोज्दै थिए त ? यि सब प्रश्नको उत्तर जान्न भने मंसिर महिना कुर्नुपर्ने हुन्छ् । मंसिर महिनाको अन्तिम साता तिर यो घटनाको सत्यतथ्य बिबरण बाहिर आउने छ । हो नायिका बेनिशा हमाल अभिनित चलचित्र 'म अनि तिमी' आउँदो मंसिरको अन्तिम साता तिर सार्वजनिक हुने भएको छ ।

बिभोर पोखरेलको निर्देशनमा काठमाण्डौ वरपरका स्थानमा छायाँकन भईरहेको सो चलचित्रमा बेनिशाले श्रीमानबाट पिडित हुनु परेको कथामा अभिनय गरेकी छिन् । उनका श्रीमान बनेका छन् निस्तेज निरौला । चित बहादुर गुरूङले निर्माण गरेको चलचित्र 'म अनि तिमी' मा बेनिशाको दाजु बनेका छन् महानायक राजेश हमाल । यि कलाकारको साथमा अनु शाह र आकर्षण पोखरेलको पनि चलचित्रमा प्रमुख भुमिका रहेको छ ।

निर्देशक पोखरेलकै कथा रहेको सो चलचित्रमा भरत सिटौलाको संगीत रहेको छ । दिनेश श्रेष्ठको छायाँकन तथा राज कुमार उप्रेतीको द्वन्द रहेको सो चलचित्रको ५० % छायाँकन सकिएको निर्देशक पोखरेलले फिल्मीखबरलाई जानकारी दिए । नयाँ अनुहारका कलाकारले राम्रो काम गरेको बताउँदै निर्देशक पोखरेल चलचित्र युवापुस्तामा केन्द्रित रहने बताए ।