मिति : २०८१ वैशाख २२, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सुनिलले किने फेसबुक

फिल्मीखबर, काठमाण्डौ, 2011/09/16

बाटो मुनिको फूल र सायद जस्ता चलचित्रमा उदाहरणिय काम गरेर चर्चामा आएका निर्देशक सुरज सुब्बा 'नाल्बो' लाई लिएर सुनिल कुमार थापाले चलचित्र 'फेसबुक' निर्माण गर्ने भएका छन् । 'फेसबुक' नाममा अर्कै निर्माताले सुरजलाई लिएर चलचित्र निर्माण गर्ने बताईएको भए पनि ति निर्माताले चलचित्र बनाउन मनस्थिती नबनाए पछि सुनिलले सुरजलाई निर्देशक र स्क्रिप्ट राइटरको रूपमा अग्रिमेन्ट गरेर चलचित्रको काम अगाडी बढाई सकेका छन् ।

 

असोज १२ गते मुहुर्त गरि तिहार लगत्तै छायाँकनमा जाने सो चलचित्रमा नायिका झरना थापा र राजेश हमाल अनुबन्धित भईसकेका छन् भने बाँकि कलाकारको छनोट हुँन बाँकी छ । निर्माता थापाका अनुसार चलचित्रका लागि नयाँ युवा कलाकारहरूलाई लिईने छ । नयाँ अनुहार भित्र्याउना लागेको बताउँदै सुनिलले फिल्मीखबरसँग भने, 'राजेश र झरना बाहेकका अन्य कलाकार नयाँ नै हुनेछन् ।

 

अहिले एउटा चरित्रमा चलचित्र सायदका नायक संयम पुरी र अर्को चरित्रमा 'के यो माया हो' चलचित्रका खलपात्र अनुराग मान सिंह कुवँर करिब पक्का भएको निर्माता थापाको भनाई छ । बाँकि नयाँ अनुहारको खोजी भईरहेको सुनिलले बताए । नायिका झरना थापाको प्रस्तुती रहने सो चलचित्रमा अहिलेको वर्तमान समयमा लोकप्रिय हुँदै गएको सामाजिक संजाल फेसबुकको क्रेज र समस्यालाई चित्रण गरिंदै छ । बिशेष गरी यो चलचित्रले युवापुस्तालाई बढि आकर्षित गर्ने निर्माता थापाको भनाई छ । चलचित्रको कथा निर्देशक सुब्बाले नै तयार पारिसकेका छन् ।
 

नेपाल र अष्ट्रेलियामा छायाँकन गर्ने भनिएको सो चलचित्रमा रोशन श्रेष्ठको द्वन्द तथा संजय लामाको छायाँकन रहने छ भने चलचित्रका तीन गीतमा सुनिल बर्देवाले संगीत दिएका छन् । चलचित्रको गीत तयार भईसकेको छ । यहि चलचित्रको मुहुर्तका बेला निर्माता थापाले दयारा दहालले निर्देशन गर्ने चलचित्र 'गुड मर्निङ' को पनि मुहुर्त गर्ने भएका छन् । शुरूमा 'साथी बिना' नाम राखिएको भए पनि अहिले नाम परिवर्तन गरिएको हो । यो चलचित्रको छायाँकन 'फेसबुक' सकिए लगत्तै गरिने भएको छ ।