मिति : २०८२ वैशाख २४, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

द्धन्द कलाकार संघको बार्षिक कार्यक्रम सुटुक्क

फिल्मीखबर, काठमाण्डौ, 2011/09/13

चलचित्र द्धन्द कलाकार संघले गुपचुपमा आफ्नो तेस्रो बार्षिक साधारण सभा कार्यक्रम सम्पन्न गर्‍यो । सञ्चारकर्मीलाई समेत थाहै नदिई गत शनिबार ज्याठा स्थित संघकै कार्यालयमा एक कार्यक्रममा बिच बार्षिक साधारणसभा कार्यक्रम सम्पन्न गरेको संघका अध्यक्ष योगेन्द्र श्रेष्ठले जानकारी गराए ।

 

चर्चित द्वन्द निर्देशक राजेन्द्र खड्कीको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा कसैलाई थाहा नदिनुको कारण बारे बोल्दै अध्यक्ष श्रेष्ठले आर्थिक अभावका कारण निम्ता गर्न नसकेको बताए । पैसा नभएपछि बेईज्जत हुने डरले सुटुक्क गरेको श्रेष्ठको भनाई छ । कार्यक्रम सकिएपछि मात्र अध्यक्ष श्रेष्ठले मोबाईलमा एमएमएस गरेर जानकारी गराएका थिए ।

 

संघले आफ्नो बार्षिक कार्यक्रममा गैर्‍हद्वन्द कलाकारले चलचित्रमा काम गर्न नपाउने निर्णय गरेको अध्यक्ष श्रेष्ठले जानकारी गराए । द्धन्द कलाकार संघको सदस्यता नलिएका द्वन्द कलाकारहरूले चलचित्रमा काम गर्न नपाउने निर्णय गर्दै यस्तो गरेको पाएमा कारवाही समेत गर्ने संघले निर्णय गरेको छ । संघमा अहिले जम्मा करिब २७० सदस्य छन् ।