
लामो समयको पर्खाई पछि शोभित बस्नेत निर्देशित चलचित्र 'राज' राजधानी बाहिर र भित्र एकसाथ चल्ने भएको छ । क्यू सिस्टमबाट रिलिज हुन लागेको सो चलचित्रले असोज ६ गतेको डेट पाउने करिब पक्का पक्की नै छ ।
यस चलचित्रमा अभिनेता शिब श्रेष्ठ खलपात्रको भुमिकामा प्रस्तुत भएका छन् भने नायिका रेजिना उप्रेती दोहोरो भुमिकामा प्रस्तुत भएकी छिन् । रेजिनाले दोहोरो भुमिका निर्वाह गरेको यो पहिलो चलचित्र हो । यसका साथै यस चलचित्रमा विराज भट्ट, सिर्जना बस्नेत, जयकिसन बस्नेत, रवीन्द्र खड्का, सुनिल थापा, कुशल थापा लगायतले अभिनय गरेका छन् ।
शम्भुजित बाँस्कोटाको संगीत रहेको चलचित्र 'राज' को कथा सञ्चारकर्मी ध्रुव लम्सालले लेखेका हुन् । माता मनकामना फिल्म प्रोडक्सनको व्यानरमा मोहनकृष्ण श्रेष्ठ र गजेन्द्र रञ्जितले संयुक्त रूपमा निर्माण गरेको सो चलचित्र एक्सन प्रधान छ ।